arrow

जम्मु काश्मिरका १५ लाख परिवारलाई मोदीले दिए स्वास्थ्य बिमा, १५ नर्सिङ कलेज समेत बनाउदै

logo
एजेन्सी,
प्रकाशित २०७७ पुष १७ शुक्रबार
narendra-modi1.JPG

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालमा संघ प्रशासित जम्मु काश्मिरका नागरिक स्वास्थ्यलाई प्राथमिकतामा राखेका छन्। उनको प्राथमिकीकरण आयुष्मान भारत स्वास्थ्य बिमा योजना सुरुवात गरेबाट समेत देखिएको छ । जम्मु काश्‍मीरका सम्पूर्ण नागरिकलाई लाभ पुर्याउने उद्धेश्यले प्रधानमन्त्री मोदीले यो योजनाको सुरुवात गरेका हुन् । 

भर्चुअल माध्यमबाट गरिएको कार्यक्रममा भारतीय गृहमन्त्री अमित शाह र जम्मु-कश्मीरका उपराज्यपाल मनोज सिन्हा पनि सहभागी भएका थिए । यस योजनाले विश्वव्यापी स्वास्थ्य कभरेजलाई सुनिश्चित गर्ने, वित्तीय जोखिम संरक्षण प्रदान गर्ने र सबै व्यक्ति र समुदायहरूलाई गुणस्तर र सुलभ स्वास्थ्य सेवाहरू सुनिश्चित गर्न लक्ष्य लिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 

यस योजनाले संघ प्रशासित जम्मु काश्मीरका सबै नागरिकहरुलाई निःशुल्क बीमा गरिदिने भएको छ । जम्मु काश्‍मीरका सबै बासिन्दाहरूलाई फ्लोटर आधारमा प्रति परिवार ५ लाखसम्मको आर्थिक सहायता प्रदान गर्नेसमेत जनाइएको छ । यस योजनाअन्तर्गत करिब १५ लाख परिवारहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

यो योजना पीएम-जयको संयुक्त बीमा मोडल अनुसार सञ्चालन हुनेछ । यस योजनाको लाभ देशभरबाट लिन सकिनेछ । पीएम-जय योजना अन्तर्गतका अस्पतालहरूले यस योजना अन्तर्गत सेवाहरू पनि प्रदान गर्नेछ ।

प्रधानमन्त्री मोदीले थप १५ नर्सिङ कलेजको स्थापना गरिेनेसमेत घोषणा गरेका छन् । धारा ३७० खारेजीपछि जम्मु काश्मिरमा भएको चुनावमा भाजपा पहिलो ठूलो दल भएको छ । स्थानिय नागरिक लक्षित कार्यक्रमकै असर चुनावमा परेको भाजपाको विश्लेषण छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ