arrow

मानवधिकारको विषय कुल्चेर चीनसँग व्यापार सम्झौता गर्दै युरोप

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
China-EU-Zoom.jpg

काठमाडौं । बुधबार युरोपियन युनियन(ईयु)का अधिकारी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच व्यापार सम्झौताका विषयमा भर्चुल सम्मेलन भएको छ ।

सम्मेलनमा चीन र ईयुबीच व्यापारिक सम्बन्ध स्थापित गर्ने सम्बन्धी एक महत्वपूर्ण सम्झौतामा चाँडै नै हस्ताक्षर गर्ने सहमति भएको छ ।

अमेरिकी प्रशासनको अस्वीकृती र मानवधिकार हननका भयंकर घटनाहरुलाई ध्यानबाहिर राखेर ईयुका अधिकारीहरु चीनसँग यो सम्झौता हस्ताक्षर गर्न तयार भएका छन् ।

यो सम्झौताले युरोपेली कम्पनी र चिनियाँ कम्पनीहरुलाई एकअर्काको बजारमा पहुँच पुर्‍याउन सहज वातावरण सिर्जना गर्नेछ ।

तर, चीनमा श्रमशोषणका दर्दनाक घटनाहरु बाहिरिँदै आएका बेला ईयुले त्यहाँको बजारमा आफ्नो कम्पनी स्थापना गर्दा ईयुका कम्पनी पनि श्रमशोषण गर्ने धारमा पर्न जाने भन्दै यसो गर्न नहुने सर्वव्यापी माग छ ।

चीनको सिन्जियांगमा अल्पसंख्यक उइघुर मुस्लिम समुदायका कथित २० लाख मानिसहरुलाई यातना शिविरमा राखेका घटनाहरु निरन्तर बाहिरिने गरेका छन् । दाह्रीजुँगा पालेको, विदेश फोन गरेको जस्ता सामान्य आरोपमा चिनियाँ अधिकारीहरुले मुस्लिमहरुलाई अपहरणात्मक शैलीमा पक्राउ गर्ने गरेका छन् ।

त्यसपछि उनीहरुलाई यातना शिविरमा धर्म, भाषा, संस्कृति परिवर्तन गराउँन अनेकौं किसिमका यातना दिने गरेका घटनाहरु बाहिरिएका छन् ।

भयानक हिंसात्मक गतिविधिसँगै अल्पसंख्यक र अन्य समुदायमाथि श्रमशोषण गर्ने गरेको आरोप समेत चीनमाथि छ । चीनले भने यो कुरालाई अस्विकार गर्दै आएको छ । तर, यातना शिविर रहेको भनिएको ठाउँमा भने चीनले कुनै पनि मानवअधिकार सम्बन्धी संस्था, आम नागरिक, पत्रकार एवं विदेशीहरु कसैलाई पनि छिर्न दिने गरेको छैन् ।

यसै मौकालाई छोपेर र्ईयुले चीनसँगको व्यापारिक सम्झौतामा हस्ताक्षर गर्ने संकेत गरेको छ ।

खासमा पश्चिमी शैलीको कुटनीतिक सम्बन्ध स्थापना गर्न र आफ्नो उत्पादनलाई ठूलो बजारमा विस्तार गर्न युरोपेलीहरु चीनसँग व्यापारिक सम्बन्ध स्थापना गर्न चाहन्छन् । तर, विश्वकै ठूलो व्यापारिक ब्लक अन्तर्गत पर्ने ईयुको बजारमा चीनको प्रवेशले चीनलाई पनि उल्लेख्य फाइदा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ