arrow
ADVERTISEMENT

सरकार र नेकपाले विदेशी चलखेल र हस्तक्षेप बढाएको कांग्रेस नेताहरुको आरोप

logo
सन्जय भट्टराई, 
प्रकाशित २०७७ पुष १७ शुक्रबार
Capture21.JPG

कावासोती । नेपाली कांग्रेसका नेताहरुले सरकार र नेकपाले देशभित्र अस्वाभाविक रुपमा विदेशी चलखेल र हस्तक्षेप भित्राएको आरोप लगाएका छ्न् । नेपाली कांग्रेस पूर्वी नवलपरासीद्वारा ४५औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस नेताहरुले यस्तो आरोप लगाएका हुन् । 

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले नेकपाको आन्तरिक कलहको कारण  विदेशी शक्तिको चलखेल बढदै गएको र सरकारले दिनदिनै असंवैधानिक कदम चाल्दै जाँदा जनतामा सिङ्गो व्यवस्था प्रतिनै वितृष्णा बढदै गएको आरोप लगाए । परियारले बिपिको राष्ट्रिय मेलमिलापको नितिलाई मानेर अगाडी बढने हो भने अहिले देशमा देखिएका सबै समस्या समाधान हुने जिकिर गरे । 

त्यस्तै कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले मेलमिलापले नै राज्य सहि मार्गमा जानसक्ने बताउँदै अहिले नेकपामा मेलमिलाप अभावले नै पार्टीमा तरंग मच्चिएको बताए । नेपालीले सरकारले गरेको काम अलोकतान्त्रिक, तानाशाही चरित्र, राजनीतिक बेइमानी ,र जनताप्रतिको गद्दारी  भएको आरोप लगाए । 

त्यस्तै उनले देशलाई अधिनायकबाद तिर नलैजान नेपाली कांग्र्रेस आफना कार्यकर्ता समक्ष मेलमिलाप र समन्वयात्मक भुमिका निर्वाह गरी अघि बढ्ने बताए । 

नेपाली कांग्रेस पूर्वी नवलपरासीका सभापति विष्णुप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य महेन्द्रध्वज जिसी, प्रदेश सांसद ओमकला गौतम लगाएतका नेताहरूले सम्बोधन गरेका थिए । 

भारत निर्वासनमा रहेका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपि कोइराला २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति सहित स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष पौष १६ गते नेपालमा राष्ट्रिय मेलमिलाप दिवस मनाउने गरिन्छ ।

 मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए। 

दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेता बिपीले मुलुकको सार्वभौमसत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल)  र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए। 

तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्किएका बिपीलगायत नेतालाई तत्कालीन सरकारले मेलमिलाप त परै जाओस् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी तत्कालीन सुन्दरीजल बन्दीगृहमा ल्याइ बन्दी बनाएको थियो । 

राजा महेन्द्रले २०१७ सालमा नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बिपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए। 

नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा गएका नेताहरू राष्ट्रियतामाथि खतरा आएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर स्वदेश फर्किएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ