arrow

आफ्नै नागरिकबाट बन्दरगाह जोगाउन पाकिस्तानले ग्वादरको २४ किलोमिटर क्षेत्रमा तारबार लगाउँदै

logo
एजेन्सी,
प्रकाशित २०७७ पुष १७ शुक्रबार
port-gwadar-pakistan.jpg

काठमाडौं । पाकिस्तानले बलुचिस्तानको ग्वादर बन्दरगाह क्षेत्रमा तारबार लगाउने भएको छ ।  चिनियाँ लगानीमा बनिरहेको ग्वादर बन्दरगाह क्षेत्रको २४ किलोमिटर वरिपरिको क्षेत्रमा अहिले मानिसहरुको आवतजावतलाई निषेध गर्दै पाकिस्तानी सेनाले पर्खाल लगाइरहेको छ । 

स्थानीय अधिकारीहरुको सहयोगमा पाकिस्तान सेनाले ग्वादर स्मार्ट पोर्ट सिटी मास्टर प्लान मुनिको गेट इन्क्लेभ हुनसक्ने कुरालाई कार्यान्वयन गर्ने बताइएको छ । अधिकारीहरूले योजनाको पहिलो भाग भित्र १५ सय यकड जमिनमा फलामको बार लगाएर उक्त क्षेत्र सुरक्षित बनाएका छन् । 

बलुचिस्तानमा चिनियाँ लगानीमा बनिरहेका परियोजनाहरुमा पाकिस्तानले सुरक्षा प्रदान गर्न नसकेको र आक्रमणको त्रासहरु बढेको बताएपछि पाकिस्तानी सेनाले थप सुरक्षाका लागि तारबार लगाउने काम सुरु गरिएको हो । 

बलुचिस्तानको स्वतन्त्रताको माग गर्दै २०२० मा आक्रमणका घटनाहरु बढेका थिए । बलुच राजा अजोई संगर (बीआरएएस) र बलोच पीपुल्स लिबरेशन गठबन्धनले पाकिस्तानी सेना र चिनियाँ नागरिकमाथिको आक्रमण बढाएका छन् ।

'संदिग्ध गतिविधिहरु ' मा गहिरो नजर राख्नको लागि हरेको गेटमा ६०० भन्दा बढी हाइटेक निगरानी क्यामेराहरु लगाइएका छन् । त्यहाँ व्यक्तिहरुको नियमनका लागि परिचयपत्रहरुसमेत जारी गरिएका छन् । 

पाकिस्तानी सञ्‍चारमाध्यमहरुका अनुसार ग्वादर बन्दरगाह क्षेत्र वरपर बसोबास गर्ने स्थानीयहरुलाई सेनाले नियन्त्रणमा लिनसक्ने चिन्ता जाहेर गरेका छन् । त्यहाँ तारबार लगाएका घटनाले स्थानीय बलोचहरु थप आक्रोशित बनिरहेका छन् । बलूचिस्तानका सांसदहरूले पाक सेनाको योजनाको विपक्षमा संसदमा स्थानान्तरण गर्ने योजना अघी सारेका छन् । 

बलुचिस्तानमा एक पत्रकार भेटघाटमा बोल्दै ग्वादरका राष्ट्रिय सभाका सदस्य मोहम्मद अस्लम भूटानीले ग्वादर बन्दरगाह क्षेत्र नियन्त्रणमा लिने प्रयास गरेकोप्रति चिन्ता व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ