arrow

माल्दिभ्सले एस्ट्राजेनेकाको खोप लिने

logo
सिन्ह्वा,
प्रकाशित २०७७ पुष १७ शुक्रबार
corona-vaccine1.jpg

माल्दिभ्स । मालदिभ्सले एस्ट्राजेनेका सिंगापुर र अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको कोभिड– १९ विरूद्धको खोप खरीद प्रक्रियाको सम्झौतामा हस्ताक्षर गरेको स्थानीय सञ्चारमाध्यमहरूले शुक्रबार जनाएका छन् ।

माल्दिभ्सको अर्थ मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी भनेको छ, “अत्यधिक माग रहेको खोप लिनका लागि सार्वजनिक वित्त नियमावलीको प्रावधानलाई निलम्बन गरी खोप खरिद प्रक्रियालाई अघि बढाइनेछ ।

अर्थमन्त्री इब्राहिम आमिरलाई उद्धृत गरी भनिएको छ, “स्वास्थ्य मन्त्रालयको वित्त कार्यकारीको परामर्शमा खोपको खर्चलाई आन्तरिक अडिट गर्नेगरी प्रक्रियालाई अघि बढाउने निर्णय भएको छ ।

राष्ट्रपति इब्राहिम सोलिहले यस पहिले नै सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने वाचा गर्नुभएको थियो । आपतकालिन स्वास्थ्य सेवा सञ्चालन केन्द्र (एचओओसी) ले कोभिड–१९ को खोप सन् २०२१ को पहिलो त्रैमासिकमा दिन थाल्ने गरी काम हुने बताएको छ ।

माल्दिभ्स विकासोन्मुख देशहरुलाई खोप प्रदान गर्न विश्व स्वास्थ्य संगठन को कोभ्याक्स कार्यक्रम को एक आवेदक पनि हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ