arrow

चीनलाई टक्कर दिन पाइलटविहिन ‘लडाकु विमान र मिसाइल’ बनाउँदै जापान

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
china-japan-flag.jpg

काठमाडौं । रक्षा क्षेत्रमा यस वर्ष एतिहासिक बजेट छुट्याएको जापानले पाइलटविहिन लडाकुविमान र मिसाइलको निमार्ण गर्ने भएको छ ।चीनक बढ्दो आक्रमकतालाई टक्कर दिन जापानले रक्षा क्षेत्रका लागि यस वर्ष ५१.७ अर्ब अमेरिकी डलर बजेट विनियोजन गरेको थियो।

सोही अनुसार सन् २०३५ सम्ममा प्रयोगमा ल्याउन सकिने किसिमले पाइलटविहिन र रिमोटबाट नियन्त्रण गर्न सकिने मिसाइल र विमान बनाउँन लागेको हो ।

चिनियाँ सैन्य स्थापना र उपकरणहरुलाई जित्न जापानको रक्षा विभागले तीन चरणमा लडाकु ड्रोन बनाउँदै छ ।

जसअन्तर्गत पहिलोमा रिमोटबाट नियन्त्रण गर्न सकिने ड्रोन बनाउँनेछ ,यस्ता धेरै ड्रोनहरुलाई नियन्त्रणगर्न सक्ने मानवप्रसारित अर्क विमान बनाउँने र तेस्रोमा पूर्ण मानवरहित र स्वायत्त स्क्वाड्रोनहरु बनाउँनेछ ।

यस्ता मिसाइलहरुमा जापानले आर्टिफिसियल इन्टेलिजेन्सीको प्रयोग गर्ने भएको छ । लामो समयदेखि शान्तिवाद रहिआएको जापानलाई सैन्य क्षेत्रलाई शक्तिशाली बनाउँने सिन्जो आबेको भिजनअनुसार यस्ता मिसाइल बनाइन लागेको हो ।

वर्षौंदेखि शान्तिवाद अपनाएर बसेको टोकियोले अहिले चीनलाई नियन्त्रणमै राख्नु पर्ने स्थिती देखेपछि रोबटिक एवं अत्याधुनिक किसिमका मिसाइल एवं हतियार बनाउँन थालेको बताइन्छ ।

शान्तिवादकै कारण जापानले सैन्य क्षेत्रलाई ठूलो विस्तारीकरण गरेको छैन् ।  यसै कारण जापानले रोबटिकर आर्टिफिसियल इन्टेलिजेन्सीको प्रयोग बढाउँदै लडाकु मिसाइल निमार्ण गर्न थालेको हो ।

जापानले मानवरहित डिफेन्स सिस्टम, मिसाइल, विमान एवं ड्रोन बनाउँने प्रकृयामा अघि बढ्दा चीनका लागि भने यो टाउँको दुखाईको विषय बन्ने देखिन्छ ।

जापानको सैन्य क्षेत्र शक्तिशाली हुनुले इन्डोप्यासिफिकमा शान्ति र स्थितरताका लागि भने महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ