arrow

भारतमा कोरोना संक्रमित घट्दै, केरलमा अझै उच्च दर

logo
प्रकाशित २०७७ पुष २० सोमबार
corona-india10.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित घट्दै गएका छन् । आइतबार भारतमा १६ हजार ६७८ जना संक्रमित थपिएका छन् । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या १ करोड ३ लाख ४१ हजार २९१ पुगेको छ । 

कोरोना संक्रमणमुक्त हुने १९ हजार ६५८ जना रहेका छन् । यो संख्या जोडिएसँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ९९ लाख ४६ हजार १३१ पुगेको छ । 

आइतबार २१५ जनाको ज्यान गएको छ । अहिलेसम्म १ लाख ४९ हजार ६८६ जनाको ज्यान गएको छ । 

भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ४२ हजार ५७९ रहेको छ । 

अन्य राज्यभन्दा पछिल्लो समय केरलमा संक्रमित बढिरहेका छन् । अहिलेसम्म त्यो गति रोकिएको छैन । आइतबार ४ हजार ६ सय नयाँ संक्रमित थपिएका छन् । 

त्यस्तै महाराष्ट्रमा ३ हजार २८२ जना थपिँदा दिल्लीमा ४२४ जना थपिए । नेपालको सीमा जोडिएको बिहारमा २८२ जना थपिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ