arrow

नाइजरमा विद्रोहीको आक्रमणबाट सय सर्वसाधारणको मृत्यु

logo
प्रकाशित २०७७ पुष २० सोमबार
niger-attack.jpg

काठमाडौं । अफ्रिकी मुलुक नाइजरको एक गाउँमा विद्रोहीको आक्रमणमा परी एक सय सर्वसाधारणको ज्यान गएको छ । नाइजरका प्रधानमन्त्री ब्रिगी राफिनीले दुई गाउँमा विद्रोही जिहादीहरुको आक्रमणमा परी ७० जना टिचोमबाङ्गोउ गाउँमा र ३० जना जारोउमडारेये गाउँमा मारिएको बताएको बीबीसीले लेखेको छ । 

मालीको सीमा जोडिएको पश्चिमी तिल्लाबेरी क्षेत्रको नाइजेरियाली गाउँहरूमा शनिबार एक सशस्त्र हतियारधारी समूहले आक्रमण गरेको हो । 

सय वटा मोटरसाइकलमा आएका आक्रमणकारीहरूले आफ्नो समूहका दुई नेता मारिएको बदलामा गरेको हिंसात्मक आक्रमणमा ती निहत्था गाउँले मारिएका हुन् ।

आइतबार नै आतङ्ककारी उक्त समूहका दुई सदस्य गाउँलेहरूसँगको झडपमा मारिएका थिए ।  नाइजरको यो भाग हालका वर्षहरूमा हिंसात्मक आक्रमणबाट निकै प्रभावित क्षेत्र हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ