arrow

अभिनेत्री मनिषा कोइरालाको अचानक सक्रियता बढ्दो

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउन जुट्दै

logo
प्रकाशित २०७७ पुष २० सोमबार
manishanew-b.jpg.jpeg

काठमाडौं । पुस २७ गते २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ । पृथ्वी जयन्तीका अवसरमा राप्रपाले ७७ वटै जिल्लामा विविध कार्यक्रम गर्दैछ । राप्रपा अध्यक्ष कमल थापाले त्यस दिन गोरखामा पुगेर सम्बोधन गर्ने जनाएका छन् । सोहि दिन चर्चित अभिनेत्री मनिषा कोइरालादेखि पूर्व डिआइजी रमेश खरेलसम्मले राष्ट्रिय एकता दिवसलाई भब्य रुपमा मनाउने तयारीमा जुटेका छन् ।

बेलामौका राष्ट्रवादी अभिव्यक्ति दिदै आएकी अभिनेत्री कोइरालाकै अगुवाइमा पृथ्वी जयन्ती मनाउन पुष २१ गते यल्लो पेगोडा होटलमा प्रेस भेटघाट राखिएको छ । त्यहाँ पूर्व डिआइजी खरेल र पर्यटन व्यवसायी भरत बस्नेत पनि सहभागी हुनेछन् । २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिका तर्फबाट उनीहरुले जानकारी दिने कार्यक्रम तय गरिएको छ ।

मनिषाको यो सक्रियतालाई निकै अर्थपूर्ण मानिएको छ । पछिल्लो समय उनले राजनीति सक्रियता बढाएको अनुमान गरिएको छ । मनिषा नेपाली कांग्रेसबाट राजनीतिमा आउनसक्ने अनुमान पनि छ । बलिउडमा धेरै कलाकाहरु राजनीतिमा सक्रिय भएर मुख्यमन्त्री र केन्द्र सरकारको मन्त्री तथा लोकसभा सांसद समेत भएकाले मनिषा पनि राजनीतिमा आउने आँकलन हुने गर्छ। राजनीतिक पृष्ठभूमि भएकै कारण उनको राजनीतिमा आगमन भइहाले आश्चर्य भने नहुने जानकारहरु बताउँछन्।

केही महिनाअघि भारतले लिम्पियाधुरा हुँदै चीनतर्फ जोडिने सडकमार्ग खोल्दा मनिषाले आपत्ती जनाएकी थिइन् । लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे राखेको अभिव्यक्तिका कारण उनले लामो समया काम गरेको कर्मक्षेत्र भारतमा निकै आलोचित बनेकी थिइन भने नेपालमा उल्लेख्य प्रशंसक पाएकी थिएन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ