arrow

कतारमाथि लागेको प्रतिवन्ध साउदीले हटाउने 

logo
प्रकाशित २०७७ पुष २१ मंगलबार
Qatar.original.3454.jpg.jpeg

काठमाडौं । साउदी अरबियाले कतारमाथिको नाकाबन्दी हटाउने भएको छ । बीबीसीले लेखेअनुसार साउदीले सीमाको जमीन र समुद्री नाका खोल्न लागेको हो । साउदीले साढे ३ वर्षदेखि कतारमाथि प्रतिवन्ध लगाउँदै आएको थियो । यसका कारण थुप्रै क्षेत्रमा असर परेको थियो । 

साउदीले कतारमाथि प्रतिवन्ध लगाउँदा खाडी मुलुकहरुले समेत यसको असर भोग्नु परिरहेको छ । मंगलबारदेखि साउदीमा खाडी सहकार्य परिषदको सम्मेलन शुरु हुँदैछ । यसैको पूर्वसन्ध्यामा सहमतिको खुलासा हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उसले कतारमाथि ब्यापार, यात्रा र कुटनीतिक सम्बन्ध विच्छेद गरेको थियो । कतारले इस्लामिक अतिवादीहरुलाई प्रायोजन गरेको आरोप लगाउँदै साउदीले नाकाबन्दीको नेतृत्व गरेको थियो ।

साउदीको कदमलाई खाडीका अन्य मुलुकहरु युएई, बहराईन र इजिप्टले पनि साथ दिएपछि कतार घेराबन्दीमा परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ