arrow

विज्ञापन बोर्डको रणनीतिक योजना तत्काल बनाउन मन्त्रीको निर्देशन 

logo
प्रकाशित २०७७ पुष २१ मंगलबार
Parbat_gurung.jpg

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई निर्देशन दिएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले विज्ञापन सम्बन्धी अर्बौंको बजेट सदूूपयोग हुनेगरी प्रभावकारी ढंगले काम गर्न बोर्डलाई आग्रह गरेका हुन ।

सोमबार सिंहदरबारमा आयोजित बोर्डको चौंथो पूूर्ण बैठकमा बोल्दै उनले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउन ढिलाई गर्न नहुनेतर्फ पनि सचेत गराए ।

‘विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरकारवालाहरुसँग थप सुझाव लिन ढिलाई गर्नु हुन्न,’मन्त्री गुरुङले भने, ‘त्यसैले विज्ञहरुसँग, सरोकारवाला निकायसँग परामर्श गरेर बोर्डको रणनीतिक योजना तत्काल बनाऔं ।’

मन्त्री गुरुङले बोर्डको औचित्य पुष्टि हुने गरी काम गर्न गठित कार्य दललाई पौष मसान्तभित्र कार्ययोजना बनाएर आफ्नो कामलाई गतिदिन पनि आग्रह गरे । बोर्ड बैठकले विज्ञापन सम्बन्धि राष्ट्रिय नीति बनाउने निर्णय गरेको छ । राष्ट्रिय नीति बनाउँदा सरोकारवाला निकायसँग बृहत छलफल गर्न बोर्डलाई मन्त्री गुरुङले निर्देशन दिए ।

सरकारी विज्ञापन व्यवस्थापन गर्ने उद्देश्यका साथ मन्त्रीगुरुङ आएपछि पहिलो पटक विज्ञापन बोर्ड गठन गरिएको हो । मन्त्री गुरुङले बोर्डले ऐन, नियम र कानुनको परिधिभित्र रहेर जिम्मेवार ढंगले काम गर्ने विश्वास पनि व्यक्त गरे । बैठकमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको पनि उपस्थिति थिए ।
 



नयाँ