arrow

भारतीय विदेशमन्त्री श्रीलङ्का जाने, २०२१ लागेपछिको पहिलो विदेश भ्रमण

logo
एएनआई,
प्रकाशित २०७७ पुष २१ मंगलबार
sjayshankar.jpg

नयाँ दिल्ली। भारतका विदेश मामिला मन्त्री डा.एस. जयशंकर श्रीलङ्काको भ्रमणमा जान भएका छन्। उनी तीन दिने भ्रमणका लागि मंगलबार त्यसतर्फ प्रस्थान गर्ने अधिकारीहरुले जानकारी दिएका छन्। भ्रमणका क्रममा उनले श्रीलङ्काका उच्च अधिकारीहरुसँग दुई पक्षीय हित र चासोका बारेमा छलफल गर्ने भएका छन्।

मन्त्री जयशंकरले श्रीलङ्काका आफ्ना समकक्षी दिनेश गुनावर्देना र उच्च पदाधिकारीहरुलाई भेट्ने तालिका रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयको वक्तव्यमा लेखिएको छ, “विदेश मन्त्री जयशंकरले यही जनवरी ५—७ सातसम्म श्रीलङ्काका भ्रमण गर्ने भएका छन्। भ्रमणका क्रममा उनले उच्च अधिकारीहरुसँग दुई पक्षीय हित र साझा चासोका विषयमा छलफल गर्नुहुने छ।”

सन् २०२१ लागेपछिको उनको पहिलो विदेश भ्रमण हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ