arrow

पाकिस्तानमा एघार वर्ष जेलमा बसेपछि फर्के भारतीय युवक

logo
प्रकाशित २०७७ पुष २२ बुधबार
indian-return-pakistan.jpg

काठमाडौं । भारतको उत्तर प्रदेशका एक युवक ११ वर्ष पाकिस्तानी जेलमा बसेर घर फर्केका छन् । मिर्जापुरका ३५ वर्षीय पूर्णमासी ११ वर्षपछि घर फर्केका हुन् । 

उनी ११ वर्षअघि गल्तीले सीमा पार गरेर पाकिस्तानी भूमिमा पुगेका थिए । उनको कानूनी प्रक्रिया पूरा हुँदा ढिलाई भएको बताइएको छ । मंगलबार राति उनी घरमा पुगेका हुन् । 

उनको मानसिक सन्तुलन ठीक छैन । सन् २००९ मा उनी कसरी सीमा पार गरेर पाकिस्तान गए उनलाई नै थाहा छैन । 

उनीमाथि पाकिस्तानको नैलखा, लाहोरमा मुद्दा पनि दर्ता भयो । तबदेखि उनी जेलमै थिए । पछिल्ला दिन पाकिस्तान सरकारले भारतीय विदेश मन्त्रालयलाई यो कुराको जानकारी दिएको थियो । 

पाकिस्तानबाट पाएको जानकारीको आधारमा भारतीय गृह मन्त्रालयको विदेश प्रभागले पूर्णमासीको परिवार पत्ता लगाएर सोधपुछ गर्दा पत्ता लागेको हो । 

मिर्जापुरका प्रहरी अधिक्षक अजयकुमार सिंहका अनुसार पूर्णमासीमा बाबुआमाको मृत्यु भइसकेको छ । उनको परिवारमा कोही पनि जिवित नभएको बीबीसीले लेखेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ