arrow

चिनियाँ रवैयाप्रति डब्ल्यूएचओ दुःखी

logo
एजेन्सी,
प्रकाशित २०७७ पुष २२ बुधबार
xi-tedros.JPG

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरसको महामारीको जाँचलाई लिएर चीनले देखाएको रवैयाप्रति दुःख व्यक्त गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानम गिब्रेसासले आफू निकै नै निराश भएको बताएका हुन् । चीनले अहिलेसम्म कोरोना महामारीको शुरुआत कहाँबाट भयो भनी डब्ल्यूएचओको विशेषज्ञ टोलीले अनुसन्धान गर्न चाहेको भए पनि चीन प्रवेश गर्न नै नदिएको उनले बताए । 

जनवरीको शुरुआतमा नै विशेषज्ञको टिम एक वर्ष पहिले कोरोनाको शुरुआत कसरी भयो भनी अध्ययन अनुसन्धान गर्नका लागि चीन जाने तयारीमा रहेको थियो । 

जेनेभामा एक अनलाइन समाचार सम्मेलनमा डब्ल्यूएचओको निर्देशकले चिनियाँ अधिकारीहरुले चीन प्रवेश गर्ने अनुमति पत्र नै नदिएको जानकारी दिएका छन् । उनले निरन्तर चिनियाँ अधिकारीहरुलाई डब्ल्यूएचओको मिसन प्रमुख प्राथमिकतामा रहेको समेत उल्लेख गरेको बीबीसीले लेखेको छ । 

कोरोना भाइरसको महामारी फैलन थालेपछि डब्ल्यूएचओले चीनमाथि कडाइ गर्न नसकेको र अनुसन्धान गर्न नसकेको आरोप लागेको थियो । टेड्रोसमाथि चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको सम्बन्धबारेमा समेत चर्चा चुलिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ