arrow

चीनले लागु गरेको सुरक्षा कानुन प्रयोग गर्दै हङकङमा दर्जनौं प्रजातन्त्रवादी पक्राउ 

logo
प्रकाशित २०७७ पुष २२ बुधबार
hongkong.png

काठमाडौं । बुधबार हङकङमा दर्जनौं सांसद र प्रजातन्त्रवादीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

गत वर्ष चीनले हङकङमाथि लागू गरेको राष्ट्रिय सुरक्षा कानुनको उल्लंघन गरेको आरोपमा करिब ५० जना प्रजातन्त्रवादी समर्थकहरुलाई पक्राउ गरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बेइजिङले सुरक्षा कानुन लागु गरेयता पहिलो पटक यति ठूलो संख्यामा प्रजातन्त्रवादीहरुलाई पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेहरु गत जुलाइमा भएको स्वतन्त्र प्राथमिक मतदानमा सहभागी भएकाहरु रहेका छन् ।

पक्राउ गरिएको विषयमा प्रहरीले कुनै पनि प्रतिकृया दिएको छैन् । हङकङको सबैभन्दा ठूलो विपक्षी दल हङकङ डेमोक्र्याटिक पार्टीका सात सदस्यहरु समेत प्रकाउ परेको पार्टीको फेसबुक पेजमा उल्लेख गरिएको छ ।

पार्टी पूर्व अध्यक्ष उ चि वाइ, पूर्व सांसद हेलेना वोंग र बेन्नी ताइलगायतलाई पक्राउ गरेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।एजेन्सी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ