arrow

हङकङका मिडिया टाइकून जिम्मी लाइलाई फेरि जेलमा राख्‍न आदेश

logo
एजेन्सी,
प्रकाशित २०७७ पुष २२ बुधबार
jimmy-lal-media-tycoon-hongkong.jpg

हङकङ। हङकङ प्रजातन्त्र समर्थक मिडिया टाइकुन जिमी लाइलाई फेरि जेलमा राख्‍न आदेश दिइएको छ। हङकङको उच्च अदालतले लाइलाई जमानतमा रिहाका लागि गरिएको अपिललाई अस्वीकार गरेको हो। बेइजिङका कट्टर आलोचना लाई यसअघि हङकङमा जारी गरिएको नयाँ सुरक्षा कानुनअन्तर्गत कारबाही गरिएका हङकङका सबैभन्दा उच्च प्रोफाइलका व्यक्ति हुन्। चीनले हङकङमा गत जुनदेखि नयाँ सुरक्षा कानुन लागु गरेको थियो। जिम्मी लाइलाई यसअघि जमानतमा रिहा गरिएको थियो। उनलाई घर फर्किन मिल्ने आदेश दिए पनि तीन हप्तापछि फेरि उनलाई हिरासतमा राखिएको छ।

अलजजीराका अनुसार हङकङ उच्च अदालतका एक न्यायाधीशले यसअघि उनलाई १० करोड जमानतमा रिहा गर्न आदेश दिएका थिए। जमानतपछि उनी घरमै बस्दै आएका थिए। पछि फेरि सामाजिक सञ्‍जालमा गरेको पोस्ट र अन्तर्वार्तापछि पक्राउ परेका हुन्।

हङकङमा नयाँ सुरक्षा कानुन लागु भएदेखि हङकङमा प्रजातन्त्र समर्थित व्यक्तिहरुलाई पक्राउ गर्ने काम चीन सरकारले तीव्रताका साथ अघि बढाएको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले हङकङका मिडिया टाइकून जिमी लाइलाई राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत कारबाही गरेकोमा चीनको आलोचना गरेका थिए। उनले लाइमाथी लगाइएका आरोपहरू खारेज गर्नुपर्ने माग गरेका थिए।

पोम्पीओले चिनियाँ कम्युनिष्ट पार्टीलाई तानाशाही शासनको आरोप लगाउँदै उक्त घटनाको निन्दा गरेका छन्। अगस्त २०२० मा, टाइकूनलाई नयाँ राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत पक्राउ गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ