arrow

यस्तो छ बिहीबारको मौसम

logo
प्रकाशित २०७७ पुष २३ बिहिबार
weather-final.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका केही पहाडी भूभागमा आंशिक  बदलीको अवस्था रहेको छ । बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

 दिउँसोस् देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदुरपश्चिम प्रदेश र प्रेदश नं १ को  उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति प्रदेश १ र सुदुर(पश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

 सुदुरपश्चिम प्रदेश र प्रेदश नं १ को  उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउन तथा देश भर तापक्रममा हल्का गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

यस्तो छ तापक्रम
तापक्रम फेरि पुरानै अवस्थामा फर्कन थालेको छ । वायु प्रदूषणका कारण झण्डै ६–७ डिग्री बढेको देशभरको तापक्रम फेरि घट्दै गएको छ । 

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बिहीबार बिहान ५.३ डिग्री सेल्सियस रह्यो । जुम्लामा सबैभन्दा कम माइनस १, दिपायलमा ७.८, डडेलधुरामा ५.३, धनगढीमा १०, वीरेन्द्रनगरमा ७.३, नेपालगञ्जमा ९.३, घोराहीमा ९.७, पोखरामा ९.१, भैरहवामा ११.७, सिमरामा ११.५, ओखलढुंगामा ९.२, ताप्लेजुङमा ५.६, विराटनगरमा १३.८, जनकपुरमा १२.४ डिग्री सेसियस रह्यो । 

पछिल्लो २४ घण्टामा डडेलधुरामा ७ तथा दिपायलमा ३ र धनगढीमा ०.८ मिलिमिटर वर्षा भएको थियो । अन्य क्षेत्रमा वर्षा भएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ