- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनभित्रै छिरेर आक्रमण गर्दा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
वासिङटन प्रहरीका अनुसार प्रहरीको गोली लागेर एक महिलाको र अन्य तीन जनाको मृत्यु भएको हो । मृत्यु हुने महिला सैन डिएगो निवासी एसली बैबिट हुन्। अन्य तीन जनाको पहिचान खुलेको छैन।
संसदभित्र गोली चलाउनुका साथै उनीहरुले संसद भवनमा तोडफोडसमेत गरेका छन् । अमेरिकी कंग्रेसमा सांसदहरुले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला ट्रम्पका समर्थकले आक्रमण गरेका हुन् ।
ट्रम्पले अहिलेसम्म आफूले चुनाव नहारेको दावी गरिरहेका छन् भने उनका समर्थकलाई हिंसात्मक प्रदर्शन गर्न ट्रम्पले नै प्रेरणा दिइरहेका छन् ।
घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म ५२ जनलाई पक्राउ गरेको छ। तीमध्ये ४७ जनलाई कर्फ्यु तोडेको आरोपमा पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। अहिले राजधानी वासिङ्टनमा कर्फ्यू लगाइएको छ।