arrow

चिनियाँ खोपका ७३ साइड इफेक्ट, चीनकै खोप विज्ञले भने– ‘विश्वकै हानिकारक’

logo
प्रकाशित २०७७ पुष २३ बिहिबार
china-corona-vaccine.jpg

काठमाडौं । चीनले कुनै पनि तथ्यांक सार्वजनीक नगरेको खोपले सम्भावित ७३ शारिरिक असर देखाएको छ ।चीन नेशनल फर्मास्युटिकल समुह कर्पोरेशन (सिनोफर्म)को सहायक कम्पनी चाइना नेशनल बायोटक ग्रुपले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप ७९.३४ प्रतिशत सफल देखिएको बताइएको थियो ।

यो खोपलाई चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले सामान्य रुपमै प्रयोगका लागि अनुमोदन गरेको छ । तर, संघाइ स्थित खोप विज्ञ तोओ लिनाले चिनियाँ खोपलगाएपछि ७३ असर देखिने सम्भावना रहेको बताएका छन् । 
संघाइ रोग नियन्त्रण एवं रोकथाम केन्द्रमा विगत २० वर्षदेखि काम गर्दै आएका ताओले यस्तो बताएका हुन् ।

चिनियाँ सामाजिक सञ्जाल वाइबोमा उनले खोपका अन्य असरहरुबारे पोष्ट गरेका थिए । उक्त पोष्ट छोटो समयमै हटाइएको छ ।
ताइवानन्युजले उल्लेख गरे अनुसार चिनियाँ खोप लगाएपछि सामान्य भन्दा पनि जोखिमपूर्ण असर देखा परेका छन् । कोरोना भाइरसविरुद्धको खोप लगाएपछि सुइ लगाएको ठाउँमा दुख्ने, टाउँको दुख्नेजस्ता सामान्य लक्षण पाइएका छन् ।

तर, सिनोफर्मको खोपले भने, उच्च रक्तचाप, दृष्टि सम्बन्धी समस्या, स्वाद गुम्ने, महिनावारीमा ढिलाई र पिशाबमा समेत तलमाथि हुनेसम्या देखिएको बताइएको छ ।

खोपमा केही सामान्य असरहरु हुन स्वभाविक भएपनि चिनियाँ खोपले भने, ७३ असरहरु देखिनसक्ने, खोपकै प्रयोगकर्ता गाइडलाइनमा उल्लेख गरिएको ताओले बताएका छन् ।
रोचक कुरा के, भने यी सबै असरहरु उत्पादकले खोपसँगै प्रयोगकर्ता जानकारी पर्चामा उल्लेख गरेको छ । यसोहुँदा खोप लगाएपछि समस्या हुने व्याक्तिले उत्पादकविरुद्ध बोल्न नै पाउँने छैन् ।

खोपसँगै राखिएका सम्भावित ७३ अन्य असरले यो खोप विश्वकै हानिकारक हुनसक्ने आंकलन समेत गरिएको छ । यति धेरै असरले खोप प्रयोगकर्तालाई समस्या भएपनि उनसले क्षतिपूर्ती नपाउँने ताओले बताएको ताइवानन्युजमा उल्लेख छ ।

वाइबोमा रहेको ताओ अकाउन्ट अहिले डिलिट गरिएको र उनको पेजमा उल्लेखित यो पोष्ट अहिले हटाइएको छ । ४३ वर्षीय ताओ सन् २००० देखि संघाइ रोग नियन्त्रण एवं रोकथाम केन्द्रमा काम गर्दै आएका छन् ।

यद्यपी यस विषयमा चिनियाँ कम्युनिस्ट पार्टीको पत्रिका ग्लोबल टाइम्सले भने, ताओको शब्दहरुलाई गलत अर्थ लगाएर समाचार लेखेको भन्दै खण्डन गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ