arrow

प्रकृया अनुरुप ह्वाइट हाउस छोड्ने ट्रम्पको घोषणा 

logo
प्रकाशित २०७७ पुष २३ बिहिबार
trump-mask.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्ण प्रकृया अनुसार ह्वाइस हाउस छोड्ने घोषणा गरेका छन् । अमेरिकी कांग्रेसले जोय बाइडेनको जीत प्रमाणीत गरेपछि ट्रम्पले ह्वाइट हाउस छोड्ने विषयमा आज (शुक्रबार) वक्तव्य जारी गरेका हुन् ।

'जे होस् म चुनावको नतिजासँग पूर्णरुपमा असहमत छु, र तथ्यहरुले मलाइ समेट्छ, यद्यपि जनवरी २० मा क्रमवद्ध रुपान्तरण हुनेछ,' ट्रम्पले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

'वैधानिक भोटको मात्रै गणनाका लागि हामी हाम्रो लडाँइ निरन्तर जारी राख्ने छौं, यो अमेरिकी राष्ट्रपतिको इतिहासमा सबैभन्दा ठूलो पहिलो चरण हो, अमेरिकालाई फेरि महान बनाउँने यो हाम्रो पहिलो लडाँइ हो,' ट्रम्पले भनेका छन् ।

अमेरिकी राष्ट्रपतिय रुपान्तरणको परम्परा अनुसार जनवरी २० मा ट्रम्पले ह्वाइट हाउस छोड्ने छन् भने बाइडेन राष्ट्रपतिका रुपमा ह्वाइट हाउस भित्रिने छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ