arrow

रेशम चौधरी जसपाको लागि जहिल्यै तुरुप मात्र, फेरि रिहाईको पहल गर्ने निर्णय

logo
आकाश शर्मा
प्रकाशित २०७७ पुष २३ बिहिबार
jasapa-campaign-resham-chau.jpg

काठमाडौं । टिकापुर घटनामा जेल जीवन विताइरहेका जनता समाजवादी पार्टीबाट निर्वाचित सांसद रेशम चौधरी जसपाकालागि सुरु देखि नै तुरुप कार्ड मात्र बन्दै आएका छन् । जसपाले चौधरीको मुद्दा बेला बेलामा उठाउने गरेको छ तर निष्कर्षमा कहिले पुर्‍याउन भने सकेको छैन्। चौधरीलाई अघि सारेर सरकारसँग वार्गेनिङ, आन्दोलन गर्ने, संसद अवरुद्द गर्ने, सरकारलाई दिएको समर्थन फिर्ता गर्ने गरेको छ तर यस मुद्दालाई कहिले पनि टुंगोमा  पुर्‍याउन सकेको भने छैन । चौधरीको मुद्दा किनारा लागे, जसपाकोलागि सरकारसँग वार्गेनिङ गर्ने कार्ड नै सकिने झै जसपाका नेताहरुले गर्दै आएको जसपाभित्रैका थारु नेताहरु बताउँछन्।

चौधरीको विषयमा गिरिशचन्द्रलाल प्रतिबेदन सार्वजनिक गर्न दुई वर्ष अघि जसपाले संसद अवरुद्द गर्‍यो, तर उक्त प्रतिबेदन सार्वजनिक नभइ आफनो आन्दोलन स्थगित गर्‍यो । लाल प्रतिबेदनमा चौधरीलाई निर्दोष देखाइएको छ । लाल प्रतिबेदन सार्वजनिक गर्न जसपाले बेला बेलामा माग उठाउने गरेको छ । 

अहिले राजनीतिक तरलता भएङ्को यो समयमा आएर जसपाले चौधरीको मुद्दालाई फेरि उठाएको छ । चौधरीको रिहाइको लागि दबाब दिन भनी सुरेन्द्र चौधरीको संयोजकत्वमा टिकापुर थरुहट-थारुवान विद्रोह राजवन्दी राष्ट्रिय अभियान गठन गरिएको छ । उक्त अभियानले बुधबार काठमाडौंमा एक कार्यक्रम गरेको थियो । उक्त कार्यक्रमा जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र नेपाली कांग्रेसका नेता दमननाथ ढुंगानाले बोले । कार्यक्रममा ठाकुर र महतोकै शैलीमै ढुंगानाले चौधरीमाथि ठूलो अन्याय भएको र चौधरीकोलागि आफूले जस्तो पनि सहयोग गर्न तयार रहेको धारणा राखेका थिए । उनले टिकापुर घटना राजनैतिक घटना भएको दावी गरे । 

एक वर्ष अघि  गरिएको तक्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण कार्यक्रमा ढुंगानाले ठाकुर र तत्कालिन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबसँग मञ्चमै बसेर सँगसँगै हात उठाएका थिए । तर उनी जसपामा औपचारिक प्रवेश भने गरेका छैनन् ।  

उक्त अभियानले २०७२साल भदौ ७ गते टिकापुर घटनामा जोडेर दोषि ठहर गरिएका रेशम चौधरी लगायतका बन्दीहरुलाई राजनीतिक संवाद, सहमति र निर्णयको आधारमा मुद्दा फिर्ता, खारेजी र आम माफी गरी बन्दीहरुलाई तत्काल निशर्त रिहा गर्न माग गरेको छ । साथै टिकापुर आन्दोलनको क्रममा भएको घटनाको सत्य तथ्य छानिवन गर्नकोलागि सर्वोच्चका पूर्व न्यायधीश गिरिशचन्द्रलालको नेतृत्वमा गठित छानविन आयोगको प्रतिबेदन तथा यस सम्बन्धी अन्य प्रतिबेदन सार्वजनिक गर्न अभियानले माग गरेको छ । 

कार्यक्रममा जसपाका नेता राजेन्द्र महतोले टिकापुर आन्दोलन अधिकार र पहिचानकोलागि भएको बताउँदै सो आन्दोलनको बेला लगाइएको झुटा मुद्दा तत्काल खारेज हुनु पर्ने बताए । कार्यक्रममा सहभागी बक्ताहरुले टिकापुर घटनामा २०७७ पुस २ गते उच्च अदालत दिपायलले गरेको फैसलामा निर्दाेषले न्यायको अनुभुति गर्न नसकेको गुनासो पाखेका थिए ।

२०७७ पुस २ गते उच्च अदालत दिपायलले टिकापुर घटनामा चौधरीलाई दोषी देखाउँदै आजीजन कैद सजाँय तोकेको छ । हाल उक्त मुद्दा सर्वोच्चमा विचाराधिन अवस्थामा छ । सर्वोच्चमा मुद्दा विचाराधिन भएको अवस्थामा अभियानले उक्त कार्यक्रम गरेका हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ