arrow

राष्ट्रपति समक्ष प्रधानमन्त्रीले बुझाए सरकारले गरेका काम र उपलब्धिसहितको वार्षिक प्रतिवेदन 

logo
प्रकाशित २०७७ पुष २३ बिहिबार
President-PM-annual-report-.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सरकारले गरेका काम र उपलब्धिसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रधानमन्त्री ओलीले संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा तथा सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७६/०७७ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

यस्तै ओलीले संविधानको २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषदको आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदनसमेत राष्ट्रपतिसमक्ष पेश गरेका छन् ।

यस विषयमा राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ