arrow

इमरान खानविरुद्ध पीडीएमले कडा आन्दोलन गर्ने चेतावनीपछि विपक्षीविरुद्ध कारबाही सुरु

logo
एजेन्सी,
प्रकाशित २०७७ पुष २३ बिहिबार
imran-khan-pok.jpg

पाकिस्तान। पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरुद्ध पाकिस्तान लोकतान्त्रिक आन्दोलन (पीडीएम) ले आन्दोलनलाई चर्काउँदै लगेपछि सरकारले विपक्षी नेताहरुविरुद्ध कारबाहीको प्रक्रिया सुरु गरेको छ। पाकिस्तान सरकारले पीडीएमका केही स्थानीय नेताहरुलाई मार्दनमा जुलुस निकालेको आरोपमा मुद्दा दर्ता गरेको छ।

जियो न्युजका अनुसार सो सहरका प्रहरी कार्यालयले पीएमएल-एनका नेता हाजी खान अकबर, जेयूआई-एफ मर्दान महासचिव मौलाना अमानत शाह हक्कानी, पूर्व उपसभामुख इक्रमुल्लाह शाहिद, कौमी वतन पार्टी जिल्ला अध्यक्ष मुजीबुर रहमान र अवामी नेशनल पार्टीका लतीफ उर रहमान, जावेद यूसुफजई र अन्यविरुद्ध मुद्दा दर्ता गरेको छ।

पीडीएमको ब्यानरमा विपक्षीले पाकिस्तानी अधिकारीहरुको अनुमति नलिइ मर्दानमा जुलुस निकाले भन्दै जुलुस निकालेको केही दिनपछि मुद्दा दर्ता गरिएको जनाइएको छ। विपक्षीले इमरान खान सरकारविरूद्धमा प्रदर्शनलाई अगाडि बढाउने योजना बनाउँदै गर्दा उनीहरुमाथिको कारबाही प्रक्रियालाई पनि अघि बढाइएको हो।

पीडीएम नेताहरूले शुक्रबार लाहोरमा पूर्वप्रधानमन्त्री नवाज शरीफको निवासमा महत्वपूर्ण परामर्श लिने कार्यक्रम तय गरेका छन्। पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारी गत बिहीबार लाहोर आइपुगेका छन र पीडीएम बैठकअघि पीएमएल-एन नेता मरियम नवाजसँग भेट गर्नेछन्।

११ विपक्षी दलको गठबन्धन पीडीएमले राजनीतिमा सेनाको हस्तक्षेप र चुनावी माध्यमबाट "कठपुतली" इमरान खान सरकार स्थापनालगायतका कदमविरूद्ध पाकिस्तानमा आन्दोलन चर्किरहेको छ।

खानलाई जनवरी ३१ अगावै राजीनामा दिन पनि माग गरिएको छ। पाकिस्तानी प्रधानमन्त्रीले जनवरी ३१ सम्म राजीनामा नदिएमा आन्दोलनमा आँधीबेहरी ल्याउने पीडीएमले चेतावनी दिएको छ । पीडीएमले प्रमुख शहरहरूमा यसअघि नै बृहत जुलुस निकालेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ