arrow

पाकिस्तानमा मुस्लिम अतिवादीले हिन्दु मन्दिरमा गरे आगजनी र तोडफोड, सर्वत्र निन्दा

logo
एजेन्सी,
प्रकाशित २०७७ पुष २३ बिहिबार
pakistan-flag.jpg

इस्लामावाद। पाकिस्तानमा मुस्लिमहरुको एक समूहले हिन्दु मन्दिरमा तोडफोड गर्दै आगजनी गरेका छन्। सामाजिक सञ्‍जालमा पोस्ट गरिएको एक भिडियोमा स्थानीय मुस्लिम धर्मगुरुहरूको नेतृत्वमा गएको सयभन्दा बढी व्यक्तिको भीडले पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तको कारक जिल्लामा रहेको हिन्दू मन्दिरमा तोडफोड र आगजनी गरेको हो।

हिंस्रक भीडले मन्दिरको भित्ता र छत भत्काउँदै गरेको भिडियोमा देखिएको छ। पाकिस्तान र विश्वका अन्य भागमा रहेका मानव अधिकारकर्मीहरूले पाकिस्तानका हिन्दू अल्पसंख्यक समुदायविरुद्धको कार्यको व्यापक रूपमा निन्दा गरेका छन्।

लन्डनस्थित मानवअधिकारकर्मी शमा जुनेजोले ट्वीट गर्दै भनेकी छन्, "यो नयाँ पाकिस्तान हो ! खैबर पख्तूनख्वा प्रान्तको कराकमा हिन्दू मन्दिर ध्वस्त पारिएको छ। सरकारद्वारा सञ्‍चालित भिडले मन्दिर भत्काएको छ । प्रहरी र सेनाले पनि उक्त भिडलाई रोक्न सकेन किनकी उनीहरू अल्लाह-ओ-अकबर जप गर्दै थिए। लाजमर्दो दिन, निन्दनीय घटना !"

कराचीस्थित पत्रकार मुबाशीर जैदीले ट्वीट गरे, “स्थानीय धर्मगुरुहरूको नेतृत्वमा एउटा भिडले केपीको कराक जिल्लाको हिन्दू मन्दिरलाई ध्वस्त पारेको छ। हिन्दूहरूले मन्दिरको विस्तार गर्न प्रशासनबाट अनुमति लिए पनि स्थानीय मुस्लिम धर्मगुरुहरूले मन्दिरलाई भत्काएका छन्। पुलिस र प्रशासन मूकदर्शकहरु रह्यो।"

मानव अधिकारकर्मी इहतेशाम अफगानले ट्विट गर्दै भनेका छन्, “आज कराकमा धार्मिक चरमपन्थीहरूले हिन्दु मन्दिर ध्वस्त पारेका छन्। यो हाम्रो लागि एकदम लाजमर्दो क्षण हो। किनभने यसले हाम्रो देशमा अल्पसंख्यकहरूसँग कस्तो व्यवहार गरिदैछ भनेर झल्काउँछ। अल्पसंख्यकहरूको अधिकार सुरक्षित नभएसम्म तपाईं संघ चलाउन सक्नुहुन्‍न। कडा निन्दनीय।"

अनुसन्धानकर्ता र पत्रकार राबिया मेहमूदले पनि धार्मिक स्थलहरूमा भएको आक्रमणको निन्दा गरेका छन्। उनले ट्विट गर्दै भनेका छन्, "२०२० पाकिस्तान: हिन्दू मन्दिर काराकमा, हिंस्रक भीडले निर्मम रूपमा तोडेर ध्वस्त पारेका छन्। जबकि पाकिस्तान सरकार भारतमा हिन्दुत्वको उदयमा बिरोध गर्छ । घरका फासिवादीहरूले गैर मुस्लिमलाई दण्डहीनताको साथ आक्रमण गरिरहेका छन।”

मिडिया रिपोर्टका अनुसार पाकिस्तानमा रहेको सुन्‍नी देओबन्दी राजनीतिक दल जमीत उलेमा-ए-इस्लाम-फजल (जेयूआई-एफ) द्वारा एक जुलुस आयोजना गरिएको थियो जहाँ वक्ताहरूले मन्दिरमा आगजनी र तोडफोडको निन्दा गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ