arrow

ब्रजिलमा कोराना भाइरसबाट ज्यान गुमाउने नाघे दुई लाख

logo
प्रकाशित २०७७ पुष २४ शुक्रबार
corona-brazil2.jpg

काठमाडौं । ब्रजिलमा कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ । बिहीबार १ हजार ४५५ जनाको ज्यान गएसँगै ज्यान गुमाउने दुई लाख ४९८ पुगेका हुन् । 

ब्रजिल कोरोनाबाट ज्यान गुमाउनेमा विश्वकै दोस्रो मुलुक हो । सबैभन्दा बढी अमेरिकामा ३ लाख ७३ हजार ७९५ जनाको ज्यान गएको छ । अहिलेसम्म विश्वभर १९ लाख ५ हजार १७३ जनाको ज्यान गएको छ । 

विश्वभर ८ करोड ८४ लाख ५५ हजार ४९५ जना संक्रमित भएका छन् । बिहीबार मात्रै ७ लाख ९६ हजार २८० जना संक्रमित थपिएका छन् । 

ब्रजिलमा ७९ लाख ६१ हजार ६७३ जना संक्रमित भएका छन् । अहिले ६ लाख ६४ हजार २४४ जना सक्रिय संक्रमित रहेका छन् । 

८ हजार ३१८ जनाको स्वास्थ्य गम्भीर रहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ