arrow

विश्वका धनीहरु

बेजोसलाई उछिन्दै  मस्क बने विश्वकै धनाड्य

logo
प्रकाशित २०७७ पुष २४ शुक्रबार
elon-musk-richest.jpg

काठमाडौं । अमेरिकी घनाढ्य एलन मस्क विश्वकै धनाड्य बन्न सफल भएका छन् । अर्का अमेरिकी धनाढ्य जेफ बेजोसलाई उछिन्दै मस्क पहिलो नम्बरमा पुगेका हुन् । टेस्ला कार कम्पनी एवं स्पेस एक्स अन्तरिक्ष सम्बन्धी कम्पनीका संस्थापक मस्कको सम्पत्ति १९५ बिलियन पुगेको छ । 

त्यस्तै बेजोसको सम्पत्ति १८५ बिलियन पुगेको छ । बिहीबारमात्रै १८१ बिलियन अमेरिकी डलर रहेका मस्कको सम्पत्ति एकै दिन १४ बिलियनले बढेर १९५ पुगेको हो । 

बेजोसको भने एक बिलियनमात्र थपिएको हो । 

ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार अमेरिकीहरुको वर्चश्व रहेको धनाढ्यको सूचीमा बिल गेट्स भने तेस्रो स्थानमा छन् । 

चौो स्थानमा फ्रेन्च धनाढ्य बेनार्ड आर्नल्ड रहेका छन् । उनको सम्पत्ति ११६ बिलियन अमेरिकी डलर रहेको छ । 

पाँचौं स्थानका फेसबुकका मालिक अमेरिकी मार्क जुकरबर्गको सम्पत्ति १०२ बिलियन रहेको छ । 

छैटौं स्थानका चिनियाँ झोङ शानशानको सम्पत्ति ९३.१ बिलयन अमेरिकी डलर रहेको छ । 

सातौं स्थानका अमेरिकी वारेन बुफेटको ८८.२ बिलियन तथा आठौं स्थानका अमेरिकी ल्यारी पेजको सम्पत्ति ८३.६ बिलियन रहेको छ । 

नवौं स्थानका अमेरिकी सर्गे ब्रिनको ८१ बिलियन तथा दशौं स्थानका ल्यारी एलिसनको सम्पत्ति ८० बिलियन सम्पत्ति रहेको छ । 

भारतका मुकेश अम्बानी ७३.४ बिलियन सहित १३ औं स्थानमा रहेका छन् । भारतकै उद्यमी गौतम अडानी ३४.५ बिलियन अमेरिकी डलर सम्पत्तिसहित ३७ औं स्थानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ