arrow

नेपाली बजारमा टाटा ‘इन्ट्रा भी–२०’ मीनि ट्रकको शुक्रबारबाट बिक्री सुरु

नेपाली बजारमा ‘टाटा’को चमक, गाडी खरिदमा छुटमात्रै हैन कर्जासमेत मिल्ने

logo
प्रकाशित २०७७ पुष २४ शुक्रबार
tata-intra-v20.jpg

काठमाडौं । भारतीय अटो बजारको झण्डै आधाहिस्सा ओगटेको टाटाले नेपाली बजारमा समेत उत्कृष्ठ स्थान बनाउँदै गएको छ । यसबीच टाटाको मीनि ट्रक ‘इन्ट्रा भी–२०’ शुक्रबारबाट नेपालमा बिक्री सुरु भएको छ ।

नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङको सहकार्यमा टाटाले आज नेपालमा ‘इन्ट्रा भी–२०’ मीनि ट्रक लञ्च गरेको हो ।

कोरोना भाइरसको माहामारका कारण अनलाई सम्मेलनको आयोजना गर्दै कम्पनीले नयाँ मीनि ट्रक लञ्च गरेको हो ।यसअघिका मीनि ट्रक टाटा एस र टाटा योद्धाझैं ‘इन्ट्रा भी–२०’ पनि सफल हुने कम्पनीको विश्वास छ ।

यो ट्रकले एक टनभन्दा बढी लोड बोक्न सक्छ । आर्कषक डिजाइन, क्षमता र फिचरका कारण यो  गाडी निकै सफल हुने देखिन्छ ।१.४ लिटर फोर सिलिन्डर एफआई डिजेल इन्धबाट पावर गरिएको यो गाडीको हर्सपावर ७० भने १४० एनएम टर्क रहेको छ । गाडीमा ५ गियर सिस्टम रहेको छ ।

चार हजार २ सय ८२ मिलिमिटर लम्बाइ रहेको यो मीनि ट्रकको व्हिलबेस २ हजार २ सय ५० मिलिमिटर छ । सुरक्षाका लागि सिट बेल्ट एव्ं पार्किंग ब्रेक समेत रहेको छ ।

गाडीको स्पिड ८० किलोमिटर प्रतिघण्टा रहेको छ भने ३५ लिटरको इन्धन ट्याकीं रहेको छ । विश्वसनियताकै कारण नेपाली बजारमा टाटाको राम्रो पहुँच बनाएको छ ।

यसबाहेक टाटाले गाडी खरिद एवं अन्य कुराहरुमा समेत सहुलियता प्रदान गर्दै आएको छ । टाटाले हाल नेपाली बजारमा अल्ट्रोज, एच फाईभ, नेक्सन, टियोगो र टिगोरलगायतका अत्याधुनिक डिजाइनका उत्पादनहरु भित्र्याएको छ ।

नेपालमा टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाका कर्मीसियल एवं सेमि कर्मशियल गाडी खरिदमा माछापुच्छ्रे बैंकबट सहुलियत दरमा कर्जासमेत उपलब्ध गराउँने भएको छ ।

बैंकले देशभरका आफ्ना शाखामार्फत सिप्रदीको जुनसुकै डिलरबाट टाटा ब्राण्डका नयाँ गाडी खरिद गर्दा सहज र सरल रुपमा सेवा प्रदान गर्ने भएको छ ।

यसबाहेक टाटाले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा पुस २४ गते (शुक्रवार)देखि पुस २६ गते (आईतवार)सम्म जनवरी फेस्ट समेत आयोजना गरेको छ ।

यस अवसरमा टाटाको जुनसुकै गाडी किन्दा नगद छुट, एक वर्षको सवारी कर, गाडीको मुल्याङ्कन एवं टेस्ट ड्राइभमा समेत आर्कषक गिफ्ट ह्याम्पर दिनेछ । थापाथली स्थित टाटा मोटर्सको शोरुममा फेस्टको आयोजना गरिएको छ । यसमा फ्रन्ट डिस्क र रेयर ड्रम ब्रेक रहेको छ भने १४ इन्चको टायर रहेको छ । नेपाली बजारमा यसको मूल्य २० लाखको आसपास रहने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ