- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा बसेर 'हामी यहाँ छौ' भनेका प्रचण्ड-माधव समुहलाई सभ्यता नभएको आरोप लगाएका छन् । नेकपा ओली समुहले शुक्रबार धनगढीमा आयोजित सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड-माधव समुहलाई ब्यंग्य गर्दै भने- 'बाटोमा बसेर हामी यहाँ छौ लेखेको व्यानर टास्ने, पार्टीको बैठकमा नआउने, सभ्यता नभएकाहरु।'
सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेपालका कार्यकर्ता गाली गलौज गरेर हिँडन मात्रै जानेको बताए। उनले भने- पार्टी छाडेर हिँडेका केही भगौडाहरु गाली गलौज गरेर हिँडेका छन् । त्यस्ताको कुरा सुन्न पर्दैन । उनीहरु गाली गलौजमा हिँडे पनि म देश विकासमा लागिपरेको छुँ ।'
प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपाल समुहप्रति लक्षित गर्दै भने "केन्द्रीय कमिटीको बैठकका बेला बाटोमा गएर हामी यहाँ छौँ रे, कहाँ गए भनेको त उहाँहरुका समर्थक भनिएका, कार्यकर्ता, नेता भनिएका मान्छेहरु हामीलाई गालीगलौज गरेर हिँडेका छन् ।'
शुक्रवार धनगढीमा सम्बोधनमा प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको प्राकृतिक स्रोतको चर्चा गरेका थिए। सुदूरसँगै नेपाल पनि पछि परेको उनले बताए । सुदूरतालाई पछि पार्ने तागत कसैको नहुने बताए । 'यहाँका मान्छे रोजगारीका लागि भारत गएका छन्। नेपालीको रगत पसिनाले धेरै देश बनेको छन् । यहाँको अशिक्षा र गरिबीको समस्या स्वास्थ्य र रोजगारीका समस्या हुन् , सुकुमबासीका र सिँचाइका समस्या पनि यहाँ छन् यो मैले बुझेको छु,' प्रधानमन्त्री ओलीले भने ।
कञ्चनपुरको दोधारा चाँदनीका लागि महाकाली नदीबाट पानी छाड्ने योजना भारतसँग गरेको सुनाउँदै सिँचाइको समस्या समाधान हुने बताए ।
त्यस्तै पञ्चेश्वर परियोजना पनि अघि बढाइने उनले बताए। गेटा मेडिकल कलेज र मेडिकल कलेज विश्वविद्यालयको काम बढाइएको उनले बताए। धनगढी बिमानस्थलबाट राति उडान भर्न सक्ने गरी व्यवस्था गर्न आफू लाग्ने बताए। गौरीफन्टा नाका व्यवस्थापन गर्न भारतसँग वार्ता गरिने र त्यस सम्बन्धमा ध्यान दिइने उनले बताए । ताक्लाकोटको नाकाको काम बढाइने प्रधानमन्त्री ओलीले बताए। 'सुक्खा बन्दरगाह र सिँचाइको मैले कुरा गरें। महाकालीमा पुल बनिसकेको छ। दार्चुला र बैतडीमा झोलुंगे पु्ल बन्दै गरेको छ । रोजगारी खोज्न खाडी, पन्जाब र उत्तराखण्ड हैन नेपालमै बनाउने ध्याउन्न आफूहरुको भएको बताए ।
कहिल्यै एकमत नभएको संसद लिम्पियाधुरा, कालापानी लगायत भूमि, त्यसलाई समेटेर नक्सा जारी गर्दा एक भएको भन्दै उनले त्यो कामबाट केहीलाई छटपटी भएको प्रधानमन्त्री ओलीले बताए । नेपालको भूमि समेटेर नक्सा ल्याउँदा यही प्रदेशको मान्छेलाई टाउको दुखेको प्रधानमन्त्री ओलीले बताए ।