arrow

न्याय माग्नेहरु नै पक्राउ

प्रधानमन्त्री ओलीको अगाडी निर्मला पन्तलाई न्याय माग्ने सात यूवा पक्राउ

ओलीको कार्यक्रममा कालो मास्क लाउन समेत निषेध

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७७ पुष २४ शुक्रबार
nirmala-nyaya-arrest-dhanga.jpg

काठमाडौं। प्रधानमन्त्री केपी ओली सहभागी हुन पुगेको धनगढीको आमसभाबाट प्रहरीले सात युवालाई पक्राउ गरेको छ ।
‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको सेतो टिसर्ट लगाएर कार्यक्रममा आएका सात यूवालाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी स्रोतका अनुसार उनीहरु सेतो टिसर्टमा कार्यक्रममा आएका थिए तर विरोध गर्ने वा नारावाजीमा उत्रेका भने थिएनन् । 
‘‘निर्मला पन्तको बलात्कारी खै ? लेखिएको सेतो टिसर्ट लगाएर कार्यक्रममा पुगेका रहेछन, विरोध गर्ने वा नारावाजीमा उत्रने भने उनीहरुले गरेका थिएनन, उनीहरु ७ जनालाई नियन्त्रणमा लिइएको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका एक प्रहरी अधिकृतले हाम्राकुरासँग भने। प्रहरी प्रधान कार्यालयले पनि उनीहरु पक्राउ गरेको पुष्टी गरेको छ।  

ओली पक्षिय नेकपाले शुक्रबार धनगढीमा प्रदेश स्तरिय सभाको आयोजना गरेको थियो । सो कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली धनगढी गएका छन् । प्रधामनमन्त्री ओली आउने कार्यक्रमपछि धनगढीमा कालो मास्क समेत लगाउन निषेध गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ