arrow

प्रचण्डको नेतृत्वमा सरकार बन्दा उपेन्द्र यादवलाई गृहमन्त्री बनाउने आश्वासन

चिनियाँ सन्देश लिन भैरहवा पुगेका थिए उपेन्द्र

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २४ शुक्रबार
upendra_yadav.jpg

काठमाडौं। राजनीतिक उतारचढावका बीच राजनीतिक दलका नेताहरु शक्ति केन्द्रहरुबाट प्रभावित हुनेगरि भेटघाटमा व्यस्त रहेका तथ्यहरु फेला परेका छन् । यतिखेर सत्तारुढ नेकपाको शक्ति संघर्ष जारी छ । पार्टी नै फुटको चरणमा पुगेको जस्तो देखिदा नेकपाको विवाद कानुनी प्रक्रियामा पुग्ने आँकलन गरिदैछ। राजनीतिप्रति चासो राख्ने सबैको ध्यान नेकपातिर भइरहँदा अन्य दलहरु पनि राजनीतिक जोडघटाउमा लागेको पाइएको छ। 

संसद विघटनको बिषय अहिले अदालतमा विचाराधिन छ। संविधानविद्हरु र लगभग सबै राजनीतिक दलहरु संसद पुनर्स्थापना हुनुपर्ने पक्षमा छन् । संसद पुनर्स्थापना भइहाले त्यसपछि बन्ने सरकारमा समेत को को सहभागी हुने भन्नेमा राजनीतिक जोडघटाउ भइरहेको छ। नेकपा नफुटोस भनेर हदैसम्म प्रयास गरेको चिनियाँ कम्युनिष्ट पार्टीले जुटन् नसक्ने अवस्थामा पनि चुनाव जाँदा भने कार्गयत एकता बनाएर जान नेकपाका दुबै खेमालाई सुझाव दिएको छ । चुनाव नभएर संसद पुनर्स्थापना भएमा पनि के गर्ने भन्नेमा पनि अहिले नेपालमा रहेका चिनियाँ टीम काम गरिरहेको पाइएको छ । यहि दोस्रो सम्भावनामा काम गर्न खटिएको चिनियाँ टीमको प्रतिनिधिसँग भैरहवामा हालै जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले भेट गरेको पाइएको छ । पुष १४ गते पार्टीको काममा भनेर अन्य नेता कार्यकर्ताहरुसँगै भैरहवा पुगेका उपेन्द्र यादव होटल मौर्यामा बसेका थिए । सोहि होटलमा उनले कार्यकर्ताहरुसँग भेट गरेपनि एउटा भेर्ट भने गोप्य थियो । 

अरनिको समाजका अध्यक्ष मनोजमान श्रेष्ठसँग उनले कार्यकर्तासँग सामुहिक नभेटी अलग भेटेको बिषय अहिले जनता समाजवादी पार्टीमा निकै चर्चा हुन थालेको छ । भैरहवामा विमानस्थल बनाइरहेको कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन कम्पनीसँग पनि जोडिएका श्रेष्ठले यादवसँग चिनियाँ सन्देशसमेत आदानप्रदान गरेको जसपा स्रोत बताउँछ । जसपाकै कतिपय नेता भने श्रेष्ठ मार्फत यादवले अन्य लाभ पनि लिएको दावी गर्छन् ।  

नेकपालाई जुटाउने मिसनका साथ नेपालमै रहेको चिनियाँ टोली अलगअलग योजनामा काम गरिरहेको अवस्थामा यो योजनालाई पनि त्यतिकै सक्रियताका साथ अघी बढाउने काम भइरहेको स्रोतको दावी छ । काठमाडौंमा धेरैको नजर पर्ने भएपछि यादवले पनि चिनियाँ सन्देश ग्रहण गर्न भैरहवालाई छानेको हुनसक्ने जसपा स्रोत बताउँछ । संसद पुनर्स्थापना भएको अवस्थामा प्रचण्डको नेतृत्वमा सरकार बने उनलाई गृहमन्त्री बनाउने आश्वासन समेत चिनियाँ पक्षले दिएको यादव निकट स्रोत बताउँछ । उसो त कम्युनिष्ट पृष्ठभूमिका यादव चीन निकट रहेकै कारण उनकै माध्यमबाट तराई मधेशमा चीन सरकारका गतिविधी बढेको जसपाकै नेताहरु बताउँछन् । सर्लाहीको सर्प पालनमा चिनियाँ व्यवसायीहरुलाई प्रवेश गराउनेदेखि सिराहाको दरवार होटललाई ३ बर्ष चिनियाँ व्यवसायीहरुलाई लीजमा दिलाउन पनि यादवको भूमिका रहेको जसपा स्रोत बताउँछ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ