arrow

हरेक घण्टा २ अर्ब ३२ करोड कमाउँछन् एलन मस्क

logo
प्रकाशित २०७७ पुष २५ शनिबार
alanmaskk.jpg

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरको महामारीका बाबजुद पनि अमेरिकी घनाढ्य एलन मस्क विश्वकै घनाढ्य बन्न सफल भएका छन् ।पछिल्लो १२ महिनामा एलन मस्कको कुल सम्पत्ति १५० अरब डलर (१७५ खर्ब नेपाली रुपैयाँ)ले वृद्धि भएको छ। उनी सम्भवत संसारमा सबैभन्दा छिटो सम्पत्ति कमाउने व्यक्ति रहेका छन् ।

पछिल्लो एक वर्षको अवधिमा एलन मस्कले हरेक घण्टा १.७३६ करोड डलर करिब (करिब २ अर्ब ३२ करोड नेपाली रूपैयाँ) कमाए । टेस्ला कार कम्पनी एवं स्पेस एक्स अन्तरिक्ष सम्बन्धी कम्पनीका संस्थापक मस्कको सम्पत्ति १९५ बिलियन (२२८ खर्ब०)पुगेको छ । संसारको सबैभन्दा मूल्यवान अटो कम्पनी टेस्लाको सेयर अभूतपूर्व रुपमा बढेको छ ।

कम्पनीको सेयर गत वर्ष ७४३ प्रतिशतले वृद्धि भएको छ । लगातार नाफा र प्रतिष्ठित एसएण्डपी सूचकांकमा समावेश भएसँगै कम्पनीको शेयर बढेको हो । टेस्लाको शेयर ८१६ डलर उच्च मुल्यको ट्रेडिंगमा थियो।

एलन मस्क दक्षिण अफ्रिकामा जन्मेका हुन् । पेशाले इन्जिनियर रहेका ४९ बर्षिय मस्कको टेस्लामा २० प्रतिशत शेयर रहेको छ । उनी स्पेसएक्सका सीईओ पनि हुन्।  उनको निजी स्पेस रेसमा अर्का अमेरिकी धनाढ्य जेफ बेजोसको कम्पनी ब्लू ओरिजिन एलएलसी पनि रहेको छ ।

जनवरी ६  मा मस्कको कुल सम्पत्ति १८१ अर्ब डलर थियो । बेजोसको  कुल सम्पत्ति १८४ अर्ब डलर थियो । जेनवरी ७ मा मस्कको १४ अर्ब अमेरिकी डलरले बढेर १९५ अर्ब अमेरिकी डलर पुगेको हो । बेजोस भने १८५ अर्ब अमेरीकी डलरमा रहे । अक्टूबर २०१७ देखि बेजोस विश्वको सबैभन्दा धनी व्यक्तिको ओहदामा थिए । तर बिहीबार, टेस्लाको सेयरमा भएको बृद्धिले बेजोसको विश्वकै धनी व्यक्तिको ताज छिन्यो।

टेस्लाले गत वर्ष ५ लाख कारहरू बनाएर बितरण गर्‍यो। फोर्ड मोटर कम्पनी र जनरल मोटर्स कम्पनीको तुलनामा यो आंकडा केही पनि होइन ।

तीन गुणा बढ्न सक्दछ टेस्लाको शेयर
टेस्लाको सेयर मूल्य हालको मूल्यभन्दा तीन गुणा बढ्न सक्ने लगानीकर्ताको अनुमान रहेको छ । विश्लेषकहरूका अनुसार  जर्जियामा डेमोक्र्याटको जीतले टेस्लाको आशालाई अझ बढाएको छ ।

डेमोक्र्याट पार्टीले देशभित्र विद्युत् सवारीसाधनलाई बढावा दिने पक्षमा रहेको छ ।  यदि यस्तो भए एलन मस्क विश्वको पहिलो ट्रिलिनेयर बन्नेछन् ।

बिहीबार सीएनबीसीसँगको अन्तर्वार्तामा बिलिनियर इनभेस्टर चामथ पालिहपातीले लगानीकर्तालाई टेस्लाको सेयर नबेच्नन आग्रहर गरेका छन् । उनले लगानीकर्तालाई मस्क र छोटो अवधिका फाइदाहरूमा विश्वास नगर्ने अन्य उद्यमीहरूलाई सहयोग गर्न आग्रह गरे।

अमेरिकी घनाढ्य एलन मस्क विश्वकै घनाढ्य बन्न सफल भएका छन् । अर्का अमेरिकी धनाढ्य जेफ बेजोसलाई उछिन्दै मस्क पहिलो नम्बरमा पुगेका हुन् । टेस्ला कार कम्पनी एवं स्पेस एक्स अन्तरिक्ष सम्बन्धी कम्पनीका संस्थापक मस्कको सम्पत्ति १९५ बिलियन पुगेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ