arrow

सेञ्चुरी कमर्सियल बैंकको मास्कोट सार्वजनिक

logo
प्रकाशित २०७७ पुष २५ शनिबार
century-bank-namaste.jpg

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पौष २४ गते आफ्नो दुईवटा मास्कोट सार्वजनिक गरेको छ। बैंकको व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मास्कोट सार्वजनिक गरेको छ।

यस पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने छन्। सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझै मद्धत पुग्ने बैंकले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ