arrow

कोरोना भाइरसः भारतमा थपिने र निको हुने उत्तिकै, केरलको पारो कायमै

logo
प्रकाशित २०७७ पुष २६ आइतबार
corona-india-test2.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको महामारीका कारण नयाँ थपिने र निको हुने संक्रमितको संख्या उत्तिकै रहेको छ । शनिबार १८ हजार ८२० संक्रमित थपिएका छन् । निको हुनेको संख्या १९ हजार ४६० रह्यो । 

शनिबार २१३ जनाको ज्यान गएको छ । योसँगै अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ४८ पुगेको छ । 

अहिलेसम्म संक्रमित हुनेको संख्या १ करोड ४ लाख ५१ हजार ३४६ पुगेको छ । संक्रमितमुक्त हुनेको संख्या १ करोड ७५ हजार ३९५ पुगेको छ । 

हाल २ लाख २० हजार ५९१ जना सक्रिय संक्रमित रहेका छन् । 

थामिएन केरल
केरलमा सबैभन्दा संक्रमित थपिएका छन् । करीब एक महिनादेखि दैनिक सबैभन्दा बढी केरलमै संक्रमित थपिएका छन् । शनिबार ५ हजार ५२८ जना संक्रमित थपिए । 

५ हजार ४२४ जनालाई निको हुँदा २२ जनाको ज्यान गयो । हाल ६४ हजार ३२३ जना सक्रिय संक्रमित रहेका छन् । 

समग्रमा शीर्ष स्थानको महाराष्ट्रमा ३ हजार ५८१ जना संक्रमित थपिए । हाल त्यहाँ ५२ हजार ९६० जना सक्रिय संक्रमित रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ