arrow

इमरानको देशमा देशव्यापी ब्ल्याकआउट

logo
प्रकाशित २०७७ पुष २६ आइतबार
pakistan-imran-khan.jpg

काठमाडौं । पाकिस्तानमा शनिबार मध्यराति अचानक बिजुली गएको छ । इमरान खान नेतृत्वको सरकार अन्तर्गतको उर्जा मन्त्रालयले ट्वीटरमार्फत पावर ट्रान्समिसन सिष्टमको फ्रिक्वेन्सीमा अचानक ५० बाट ० मा गिरावट आएर देशव्यापी ब्ल्याकआउट भएको जनाएको छ । 

मन्त्रालयका अनुसार यो समस्या नेपाली समय अनुसार मध्यराति ११ बजेर ५६ मिनेटमा भएको हो । मन्त्रालय यसको कारण खोजेर समाधानका लागि लागिरहेको जनाएको छ । 

उर्जा मन्त्रालयले सबै पाकिस्तानीलाई संयमित भएर समाधानको प्रतिक्षामा रहन पनि आग्रह गरेको छ । 

स्थानीयहरुका अनुसार अचानक कराँची, इस्लामाबाद, लाहोर, पेशावर, रावलपिन्डीसमेत देशका सबै प्रमुख शहरहरुमा बिजुली गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ