arrow

शैलेश्वरी डोटी सार्वजनिक यातायातमा फेरि मलासी

logo
प्रकाश बम, 
प्रकाशित २०७७ पुष २६ आइतबार
137090045_792530248312155_4.jpg

डोटी । शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालीको अध्यक्षमा गणेशबहादुर मलासी पुनः र्निाचित भएका छन् । साविकको शैलेश्वरी यातायात व्यवसायी संघबाट रुपान्तरित भएको सो प्रालीको छैटौं अधिवेशनले उनलाई तेस्रोपटक नेतृत्वको जिम्मेवारी दिएको हो ।

अधिवेशनले अध्यक्षसहित थप १० जना सदस्य निर्विरोध निर्वाचित गरेको छ । जसको सदस्यमा हरिषचन्द्र शाह, मानबहादुर धामी, शंकरबहादुर बोहरा, भक्तराज भट्टराई, शेरबहादुर थापा, भक्तराज भट्ट, श्यामबहादुर ठगुन्ना, केपी माझी, खेमबहादुर पातली र कृष्णबहादुर भण्डारीलाई सदस्यमा निर्वाचित गरेको हो ।

यो प्राली २०६४ सालमा डोटीमा स्थापित भएर डोटीका ग्रामिण सडक र राष्ट्रिय सडक सञ्जालमा सेवा दिइरहेको छ । हाल यसका एक सय १४ भन्दा बढी सार्वजनिक सवारी साधनहरु सञ्चालनमा रहेको प्रालीका नवनिर्वाचित सदस्य शाहले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ