arrow

५१ औं वर्षमा नेपाल आयल निगम, कार्यकारी निर्देशकले दिए शुभकामना

'निगमसँग सम्पती हिजो पनि थियो, तर पूर्वाधार निमार्ण गर्न मन चाहिन्छ'

logo
प्रकाशित २०७७ पुष २६ आइतबार
oil-caropration1.png

काठमाडौं । आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेर ५१ औं वर्षमा प्रवेश गरेको अवसरमा नेपाल आयल निगमले आइतबार आफ्नो वार्षीकोत्सव मनाइरहेको छ । नेपाली उर्जा बजारमा महत्वपूर्ण योगदान दिँदै आएको निगमले पछिल्लो समय सरकारलाई उल्लेख्य योगदान गरेको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले निगम स्थापनाको ५१ औँ बार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।  

निर्देशक पौडेलले, ५१ औँ बार्षिकोत्सवको पुनित अवसरमा निगमका सम्पूर्ण सेवारत तथा भूतपूर्व कर्मचारीहरु, निगमका आधिकारीक विक्रेताहरु, ढुवानीकर्ताहरु, पेट्रोलियम पदार्थको कारोवारमा संलग्न सम्पूर्ण मजदुरहरु साथै सरोकारवाला निकायहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

साथै निगमले पछिल्लो समय निरन्तर पूर्वाधार विकास र विस्तार गर्नु सम्पतीको कारण नभइ चाहना र काम गर्ने राम्रो नेतृत्वका कारण सम्भव भएको आधिकारीक ट्रेड युनियनका अध्यक्ष एवं निगम सञ्चालक समितिका आमन्त्रित सदस्य गोपाल राईले बताएका छन् ।  अध्यक्ष राईले भने, निगमसँग हिजो पनि सम्पती थियो, तर पूर्वाधार पछिल्लो समयमात्रै निमार्ण हुँदैछन्, यसका लागि मन चाहिन्छ । चाहना हुनुपर्छ ।

यस्तै अध्यक्ष राईले निगमका कर्मचारीहरुलाई कोरोना झुटो हो भनेर समेत काम गराएको बताएका छन् । जनताको आवश्यक्ता र चाहनालाई मध्यनजर गर्दै कर्मचारीहरुले माहामारीमा समेत कडाइका रुपमा खटिएर काम गरेको बताएका छन् ।  उनले भने, 'कर्मचारीहरुले यति धेरै मेहनत र दुख गरेका छन्, अब उनीहरुको सेवासुविधामा पनि ध्यान दिइनुपर्छ ।'

वार्षिकोत्सव सभालाई सम्बोधन गर्दै नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष बिकास बखतीले निगमको निरन्तर उन्नतीको कामना गर्दै सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । उनले नेपाल आयल निगमले जनताको सेवामा समर्पीत तरिकाले जनताले अपनत्व घोषणा गर्न सक्ने संस्थाको रुपमा हेर्नेरुपमा रहन आग्रह गरेका छन् ।

उनले , आगामी दिनमा निगमको मूल उद्धेश्य प्राप्तीको लागि निगम र सरोकारवाल सम्पूर्ण पक्षका बीचको सहयोग र सहकार्य थप मजबुत हुदै जाने अपेक्षा समेत लिएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ