arrow

स्थानीयको लगानीमा रुपन्देहीको तिलोत्तमामा रेल चल्ने

logo
नारायण वली,
प्रकाशित २०७७ पुष २६ आइतबार
rupandehi-train.jpg

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थानीयको लगानीमा रेल चल्ने भएको छ । तिलोत्तमा नगरपालिकाको ५० किलोमिटर चक्रपथमा (ट्राम) रेल सञ्चालन हुने भएको छ ।

सो रेल्वे परियोजनाको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम शुरु गरिएको र मुनस्टार इन्जिनियरिङ कन्सल्टेन्सी प्राली दाङले डीपीआर निर्माणको जिम्मा पाएको तिलोत्तमा पब्लिक रेल्वे कम्पनीका प्रबन्धक भोला शर्माले बताए । उनी नेपाल रेल्वे कम्पनी जनकपुर, जयनगरका पूर्वमहाप्रबन्धक समेत हुन् ।

उनका अनुसार अवको ९ महिना भित्र डीपीआर निर्माण कार्य सम्पन्न हुने जनाए । प्रारम्भिक सर्वेक्षणले रेल्वे निर्माणको लागत झन्डै ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिए भन्दै वाँकी लागत कति लाग्ने भन्ने वारे डिपिआर तयार भएपछि मात्रै थाहाँ हुने उनको भनाई रहेको छ । ५० किलोमिटर चक्रपथको डिपिआर सम्पन्न गरिने र पहिलो चरणमा योगीकुटी देखि रोहिणी नदीको जलाशय सम्म १४ किलोमिटरमा रेल सञ्चालनमा गर्ने योजना तय गरिएको छ, प्रवन्धक शर्माले भने ।

१ करोड ५० लाखमा डिपिआर वनाउनेमा पहिलो चरणमा १० प्रतिशत रकम वुझाईएको छ । उक्त १४ किलोमिटर दुरीमा (ट्राम) रेल सञ्चालन गर्न करिव डेढ वर्ष लाग्ने वताईएको छ । वाँकी ३६ किलोमिटर दुरीमा सञ्चालन गर्न ४ वर्ष लाग्ने तिलोत्तमा पब्लिक रेल्वे कम्पनीले जनाएको छ । यस्तै, तिलोत्तमा पब्लिक रेल्वे कम्पनीका अध्यक्ष बाबुराम अर्यालले भने, हाल सम्म ५ सय ५ जनाले प्रतिव्यक्ति १ लाख रुपैयाँको दरले सेयर लगानी गरेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ