arrow

कोरोना भाइरसः भारतमा २३२ दिनपछि पहिलो पटक मात्र १५० को मृत्यु

logo
प्रकाशित २०७७ पुष २७ सोमबार
corona-killed-final.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी नियन्त्रणउन्मुख भइरहँदा मृतकको संख्या पनि घट्दै गइरहेको छ । आइतबार १६ हजार ८५ संक्रमित थपिँदा १६ हजार ७३५ जनालाई निको भएको छ । 

आइतबार लामो समयपछि पहिलो पटक मात्र १५० जनाको ज्यान गएको छ । यो २३२ दिनपछि भएको हो । २३ मे २०२० मा १५० भन्दा कम १४२ जनाको ज्यान गएको थियो । 

त्यसपछि भारतमा आइतबारभन्दा अगाडि हरेक दिन डेढ सय भन्दा बढीको ज्यान गइरहेको थियो । 

अहिलेसम्म भारतमा १ करोड ४ लाख ६७ हजार ४३१ जनालाई संक्रमण भएको छ । १ करोड ९२ हजार १३० जनालाई निको भएको छ । 

२ लाख १९ हजार ७८८ जना सक्रिय संक्रमित रहेका छन् भने १ लाख ५१ हजार १९८ जनाको ज्यान गइसकेको छ । 

भारतले आगामी शनिबारदेखि कोरोनाको भ्याक्सिन लगाउने भएको छ । त्यसका लागि सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्रीहरुसँग छलफल गर्र्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ