arrow

इक्यान मेलाको तयारी भव्य छ, विद्यार्थीले उत्साहपूर्वक नाम दर्ता गराइरहेका छन् 

logo
प्रकाशित २०७७ पुष २७ सोमबार
bhawanath-ECAN.jpg

विगतका बर्षहरुमा काठमाडौंको भृकुटीमन्डपमा आयोजना हुँदै आइरहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को बृहत शैक्षिक मेला यसबर्ष अनलाइनमार्फत हुँदैछ । आगामी माघ २ गतेदेखि ५ गतेसम्म अर्थात् जनवरी १५ देखि १८ तारिखसम्म सञ्चालन हुने १४औं मेलामा सहभागिता जनाउन दैनिक सयौं विद्यार्थीले नाम दर्ता गराइरहेका छन् ।

नेपालमा सञ्चालनमा रहेका एकसय भन्दा बढी इक्यानका सदस्य शैक्षिक परामर्श दातृ संस्था, विदेशी विश्वविद्यालय तथा कलेजका प्रतिनिधि मेलामा सहभागि हुँदैछन् । मेलामा विद्यार्थी तथा अभिभावकहरुले विदेशी विश्वविद्यालय तथा कलेजमा हुने उच्च शिक्षाबारे सम्पूर्ण जानकारी घरमै बसेर लिन पाउनेछन् । इक्यानले पहिलो पटक यस्तो भर्चुअल मेला आयोजना गर्न लागेको हो । मेलाको तयारीलगायतका विषयमा इक्यानका केन्दिय सदस्य तथा सक्सेस अबोर्ड स्टडीका म्यानेजिङ डाइरेक्टर भवनाथ हुमागाईंले हाम्राकुरासँग कुराकारी गरेका छन् ।

इक्यान मेला खास के का लागि आयोजना गरिरहनु भएको छ ?

खासमा इक्यानले बार्षीक रुपमा शैक्षिक मेला आयोजना गर्ने गर्छ । यसपाली हामी १४ औं मेलाको तयारीमा छौं । मेलालाई हामी आफ्नो ब्यावसायिक रुपमा प्रस्तुत हुने कडीका रुपमा पनि लिने गर्छौं । यसले विशुद्ध रुपमा शैक्षिक परामर्श दिने काम गर्छ । आफूले जान चाहेको देश, मन परेको कन्सलटेन्सी वा सम्बन्धि कोर्स, छात्रवृत्ति, भाषा शिक्षाका कक्षालगायत करिअर काउन्सिलिङबारे जानकारी तथा परामर्शका लागि यो मेला आयोजना गरेका हौं । त्यसबाहेक विश्वमा रहेका विश्वविद्यालयमा पढाइ हुने कोर्षका बारेमा जानकारी दिने गर्छौं । यसपटक कोभिडले गर्दा हामी भौतिक रुपमा उपस्थिति हुन नसकेका कारण भर्चुअल मार्फत विद्यार्थी तथा अभिभावकहरुसँग हामी मेलामा सहभागि हुनेछौं ।

यतिबेला भौतिक रुपमा उपस्थित हुन सक्ने अवस्था छैन, त्यसोहुँदा मेलामा विद्यार्थी तथा अभिभावहरु कसरी सहभागी हुने ?

हुनत यसपटक हामी भर्चुअल माध्यमबाट मेला आयोजना गरेर पहिलो अनुभव लिंदैछु । यसका लागि सहभागिताका लागि सजिलो होस भनेर एउटा अनलाइन पोर्टल तयार गरेका छौं । त्यसको नाम इक्यानफियर डटकम छ । त्यसमा आफ्नो नाम, ईमेल,फोन नम्बर दर्ता गरेपछि लगइन र पासवर्ड प्राप्त हुनेछ । त्यसपछि उसले हामीसँग रहेका व्यवसायी साथीहरु वा स्टलहरु देख्न पाउनेछन् । त्यसपछि आफूले चाहेको देश वा विश्वविद्यालय वा कोर्षका बारेमा च्याटिङ गरेर साथै भिडियोमार्फत मजाले जानकारी लिन सक्नेछन् । घरमै बसेर आनन्दले आफूले जान चाहेको देश, विश्वविद्यालय, कोर्ष, लागतलगतायका सम्पूर्ण जानकारी लिन पाउनेछन् । 

विश्वभर कोरोना भाइरसले समस्या बनाएको छ । भिषा प्रक्रियामा कत्तिको झन्झट छ ?

झन्झट छैन । अहिले सबै डिजिटल सिस्टममार्फत आवेदन दिनुपर्ने भएकाले भौतिक रुपमा विद्यार्थीहरुले दुःख पाउनु पर्दैन । भिषा प्रक्रिया कुनै पनि देशमा रोकिएको छैन । स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने भएकाले केही असहज भएको होला तर भर्ना प्रक्रियालगायतका क्षेत्रमा झन्झट छैन । साथै भिषा पक्रियामा त्यस्तो झन्झट छैन  । न्यूनतम कागजपत्र र प्रक्रिया त सबैले पुर्याउनै पर्छ । सबै प्रक्रिया अनलाइनमै हुन्छ । तर बायोमेट्री, पासपोर्ट समिटलागयतका काममा केही असहज हुनसक्ला ।

पछिल्ला बर्षहरुमा कुन कुन देश विद्यार्थीका रोजाइमा छन् ? 

नेपाली विद्यार्थीहरुको रोजाइ अष्ट्रेलिया नै हो । त्यसबाहेक एसियाली देशहरु पनि रोजाइमा छन् । जापान, अमेरिका, क्यानाडा साथै केही युरोपियन देशहरु पनि रोजाइमा छन् । यूके पनि रोजाइमा पर्न थालेको छ । यूकेको अवस्था केही असहज भएकाले विस्तारै सुधार हुँदैछ ।

यसपालीको मेलामा सहभागिताको कस्तो अपेक्षा गर्नु भएको छ ?

यसपटक अलिक चुनौति छ अवश्य छ । मेलामा भौतिक रुपमा उपस्थित जनाइरहेका विद्यार्थीहरु भर्चुअल सहभागी हुने भएकाले केही असहज होला तर उत्साह ब्यापक छ । चार दिनसम्म चल्ने मेलामा हामीले एकलाख बढी विद्यार्थी सहभागि हुने अपेक्षा गरेका छौं । हाम्रो सफ्टवेयर सिस्टमले एक पटकमा २५ हजार ब्यक्तिको सहभागिता जनाउने ब्यवस्था गरेका छौं ।

यसबर्ष कोरोना महामारीले तपाइँहरुको व्यवसायमा चाहिं कस्तो असर पुर्‍यायो ?

हामीलाई मात्र नभइ सबै क्षेत्रलाई असर पारेको छ । हामी मारमै छौं । इक्यानको अगुवाइमा हाम्रा समस्याहरुका बारेमा सरकारसमक्ष पहल गरेका छौं । तर हामीले काम रोक्नु भएन । नियमित कामहरु गरिरहेका छौं । अभिभावक तथा विद्यार्थीहरुलाई नियमित परामर्श र प्रक्रियालाई निरन्तरता दिएका छौं ।

बृहत इक्यान शैक्षिक मेला माघ २ गतेदेखि, अनलाइनमा कसरी हुने सहभागी ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ