arrow

बृहत इक्यान शैक्षिक मेला माघ २ गतेदेखि, अनलाइनमा कसरी हुने सहभागी ?

logo
प्रकाशित २०७७ पुष २६ आइतबार
ECAN14.jpg

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले यस वर्षको बृहत १४औं शैक्षिक मेला आगामी माघ २ गतेदेखि ५ गतेसम्म अर्थात् जनवरी १५ तारिखदेखि १८ तारिखसम्म सञ्चालन गर्दैछ ।

विगतमा वर्षमा राजधानीको भृकुटीमण्डमा आयोजना हुँदै आएको मेला यसपटक भने अनलाइनमार्फत हुनेछ । कोरोना भाइरसको महामारीका कारण भौतिक रुपमा उपस्थित हुने अवस्था नभएपछि इक्यानले अनलाइनबाटै बृहत शैक्षिक मेला आयोजना गर्ने निर्णय गरेको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

मेलामा १०० भन्दा नेपालमा सञ्चालनमा रहेको इक्यानका सदस्य शैक्षिक परामर्श दातृ संस्था सहभागी रहनेछन् भने विदेशी विश्वविद्यालय तथा कलेजका प्रतिनिधि पनि सहभागी हुने इक्यानले जानकारी दिएको छ ।

मेलामा विद्यार्थी तथा अभिभावकहरुले विदेशी विश्वविद्यालय तथा कलेजमा हुने उच्च शिक्षाबारे सम्पूर्ण जानकारी घरमै बसेर लिन सक्नेछन् । 

अनलाइन मेलामा विद्यार्थीहरुले आफू अध्ययनका लागि जान चाहेको देश, मन परेको कन्सलटेन्सी वा सम्बन्धि कोर्स, छात्रवृत्ति, भाषा शिक्षाका कक्षालगायत करिअर काउन्सिलिङबारे जानकारी तथा परामर्श लिन सक्नेछन् । मेलाको व्यवस्थापन वन अप प्रालिले गर्ने भएको छ ।

विगतमा मेला भौतिकरुपमा हुने भएकाले मेला लागेकै स्थानसम्म पुग्नुपर्ने बाध्यता यसपटक त्यो बाध्यता छैन । मेलामा सहभागी हुनेहरु जुनसुकै ठाउँबाट पनि सहभागीता जनाउन र आफ्नो जिज्ञाशा मेटाउन सक्नेछन् ।

यसपटकको मेलामा नेपालभर सञ्चालनमा रहेको इक्यानका सदस्य रहेका शैक्षिक परामर्श दातृ संस्थाहरुको सहभागीता रहने भएकाले विद्यार्थीहरुले आफ्नो जिल्ला वा प्रदेशमा रहेको कन्सलटेन्सीका प्रतिनिधिहरुसँग प्रत्यक्ष कुराकानी गर्न पाउनेछन् ।

कसरी हुने सहभागी ?

विगतका दिनमा भौतिक रुपमा सञ्चालन हुने मेलामा सहभागि भइ त्यहाँ रहेका कन्सलटेन्सी, विदेशी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग साक्षात्कार गर्न पाइन्थ्यो भने यसपटकको अनलाइन मेलामा विद्यार्थी र अभिभावकले आफू भएकै ठाउँबाट मोबाइल, ल्यापटपलगायतका ग्याजेटबाट प्रत्यक्ष रुपमा साक्षात्कार गर्न पाउनेछन् ।

कम्पनीका अनुसार यसका लागि मेलामा सहभागी हुन चाहनेहरुले मेलाको आधिकारिक वेवपोर्टल https://www.ecanfair.com मा गएर रजिष्ट्रेसन गर्नुपर्ने हुन्छ ।

जसमा उनीहरुले आफ्नो नाम, ठेगाना, इमेल, सम्पर्क नम्बर लगायतका जानकारी भरेपछि आफूले रोजेको देश तथा कन्सल्टेन्सी रोजेर उनीहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न सक्नेछन् ।

मेलामा सहभागी हुन चाहनेहरुले माघ २ गतेदेखि ५ गतेसम्म अर्थात् जनवरी १५ तारिखदेखि १८ तारिखसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको जुनसुकै समयमा पनि सहभागीता जनाउन सक्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ