arrow

अफ्रिकामा चिनियाँ कुटनीतिः अब ऋणको ठाउँमा खोप

logo
प्रकाशित २०७७ पुष २७ सोमबार
china-africa-trade.jpg

काठमाडौं। चिनियाँ विदेशमन्त्री वांग ईले कुनै पनि मुलुकलाई कोरोनाविरुद्धको खोपको ठोस प्रतिवद्धता नगरेरै अफ्रिका भ्रमण सक्काए । प्रत्येक नयाँ वर्षको पहिलो हप्तामा चिनियाँ उच्च कुटनीतिज्ञको अफ्रिका भ्रमण गर्ने परम्परा अनुसार विदेशमन्त्री वांग ईले अफ्रिका भ्रमण गरेका हुन् ।

कोरोनाविरुद्धको खोपका लागि बेइजिङको भरोसामा रहेको अफ्रिकाले विदेशमन्त्रीबाट आसा भने पाएन । कोरोना भाइरसको माहामारी सुरु भएको वर्ष नै धनी मुलुकहरुले आफ्ना नागरिकहरुका लागि खोपको प्रि अर्डर गरे  ।

यस्तोमा, चिनियाँ राष्ट्रपति सि चिनफिङले खोपका लागि अफ्रिका आफ्नो प्राथमिकताको विषय भएको प्रतिवद्धता गरेका थिए ।

यसको नमुनाका रुपमा चीनले विभिन्न अफ्रिकी मुलुकलाई परीक्षण किट, मास्क, एवं पीपीईलगायतका स्वास्थ्य सामग्री समेत सहयोग स्वरुप प्रदान गरेको थियो ।

मानवअधिकार र व्यापारयुद्धको कारण पश्चिमी प्रजातन्त्रमा चीनमाथिको नकारात्मक प्रभाव बढ्दै गइरहेका बेला अन्तराष्ट्रिय निकायमा महत्वपूर्ण मताधिकार रहेको अफ्रिकामा भने चीनले खोप कुटनीति सुरु गरेको छ ।

चीनसँग सि चिनफिङले गरेको वाचा पूरा गर्ने संसाधनहरु पनि रहेकै छन् । सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि स्विकृत भइसकेको छ, भने अन्य तीन खोपहरु तेस्रो चरणको परीक्षणमा छन् ।

अरु खोपहरुका तुलनामा चिनियाँ खोपलाई भण्डारका लागि न्युन तापक्रम चाहिने कुरा छैन् । यसले चिनियाँ खोप विकासोन्मुखदेशमा पठाउँन सहज छ ।

लाखौं चिनियाँ नागरिकहरुलाई घरमा नै खोप लगाइसकिएको छ । अफ्रिकामा काम गरिरहेका चिनियाँ नागरिकलाई समेत गत जुनमा परीक्षण चरणमा नै खोप लगाउन प्रस्ताव गरिएको थियो ।

तेस्रो चरणको परीक्षण गरिएका मुलुकमा खोपको पहुँच छिटो हुने सम्भावना हुँदा चीनले कुनै पनि अफ्रिकी मुलुकमा आफ्नो खोपको तेस्रो चरणको परीक्षण गरेन । बरु उसले मध्यपूर्व र ल्याटिन अमेरिकी मूलुकमा परीक्षण गर्‍यो ।

यी कुराहरु भइरहँदा चीनले अफ्रिकालाई प्रतिवद्धता निरन्तर दिइरहेको छ, तर खोप भने पुगाइरहेको छैन् ।

चीनले ‘कोल्ड चैन भ्याक्सिन एयर ब्रिज’कारुपमा चीनको दक्षिणी प्रान्त शेन्जेनबाट इथोपियाको अलिअबाबामा खोप भण्डारण एवं उत्पादन क्षमताको विकास गर्दैछ ।

यद्यपी चिनियाँ विदेशमन्त्रीले आफ्नो भ्रमणमा अफ्रिकी नागरिकले कहिलेसम्म खोप पाउँन सक्छन् भन्ने कुरा स्पष्ट पारेनन् ।

अफ्रिकन मूलुकहरुलाई  चीनले खोपको प्रतिवद्धता जनाएपनि चीनले कहिलेसम्म खोप उपलब्ध गराउँने कुरा अझैं स्पष्ट पारेको छैन, नत कुनै समयावधि नै दिएको छ । चीनले कुनै अफ्रिकी मूलुलाई खोप निर्यात गरेको कुरा पनि बाहिरिएको छैन ।

विश्वको कुटनीतिक धारमा महत्वपूर्ण भार भएको अफ्रिकालाई चीनले यसअघि ऋण उपलब्ध गराएर आफु अनुकुल बनाएको थियो ।

कोरोना भाइरसको माहामारी सुरु भएयता चीनले अब, खोप एवं स्वास्थ्य सुविधिका प्रतिवद्धताहरुलाई आफ्नो रणनीति बनाएको छ ।

चीनले विभिन्न अन्र्तराष्ट्रिय फोरमहरुमा आफ्नो पक्षमा मत पार्नका लागि अफ्रिकी मुलुकहरलाई सहयोगी बनाउँदै आएको छ ।तर, बेइजिङसँगको सम्बन्धले अफ्रिकी मुलुकहरुलाई वास्तविक फाइदा भने छैन् ।

कोरोना भाइरसको माहामारीका बेला अमेरिकासँग व्यापार युद्ध, बेलायत र क्यानडासँग कुटनीतिक उतार चढाव र अहिले अष्ट्रेलियासँगको विवादमा चीन छ ।

विश्वभर चौतर्फीरुपमा एक्लिदै गएको चीनले गरिब मुलुकहरुमा भने आफ्नो प्रभुत्व पारेको छ ।

चीनले इथोपियालाई साढे १३ अर्ब अमेरिकी डलर ऋणको चंगुलमा पारेको छ भने, जाम्बियालाई करिब साढे ७ अर्ब र रिपब्लिक अफ कंगोलाई पनि करिब ७ अर्ब डलरको ऋणमा पारेको छ । यद्यपि, यी मुलुकलाई चीनले ब्याजमा समेत कुनै राहत दिएको छैन ।

चिनियाँ ऋण तिर्न नसक्दा अहिले अफ्रिकी मुलुकहरु आर्थिक अस्थिरतातिर धकेलिँदै गएका छन् ।

चीनले सुरुमा पूर्वाधार विकासमा लगानी गरिदिन्छु भन्ने र पछि सो देशले उक्त ऋण फिर्ता गर्न नसक्दा त्यहाँ आफ्नो हक जमाउँने रणनीति छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ