arrow

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

logo
प्रकाशित २०७७ पुष २७ सोमबार
crude-oil.png

काठमाडौं । युरोपमा कडा लकडाउन र चीनमा नयाँ कोरोना भाइरसका संक्रमितहरु देखिएसँगै इन्धन खपतको चिन्ता बढेपछि तेलको मूल्यमा गिरावट आएको छ ।

सोमबार ब्रन्ट कच्चा तेलको मूल्यमा ४२ सेन्ट अर्थात ०.८ प्रतिशतले गिरावट आएर ५५.५७ डलरमा झरेको छ । घट्नुको ब्रन्ट कच्चा तेलको मूल्य सन् २०२० को फेब्ररीयताकै उच्च अर्थात ५६.३९ डलर रहेको थियो ।

अमेरिकीमा पनि वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्यमा २२ सेन्ट अर्थात ०.४ प्रतिशतले गिरावट आएर ५२.०२ डलर प्रति ब्यारेललमा कारोबार भएको छ । 

कोरोना भाइरसबाट संक्रमितको संख्या गत जुलाई यताकै बढी देखिएपछि चीनको हेबै प्रान्तको १ करोड १० लाख जनसंख्या लकडाउनमा छ । हेबैको राजधानी शिजियाजुआंगमा अहिले कोरोना भाइरसको नयाँ प्रकोप देखिएको छ ।

विश्वकै ठूलो तेल खपत गर्ने चीनमा र युरोपका विभिन्न ठाउँमा लकडाउन हुँदा तेल खपत घट्ने सम्भावनादेखिएसँगै तेलको मूल्यमा केही गिरावट आएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ