arrow

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला विजयी

logo
हरि पन्त,
प्रकाशित २०७७ पुष २७ सोमबार
narayan-koirala.jpg

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३३औं महाधिवेशबाट अध्यक्ष पदमा नारायण कोइराला विजयी भएका छन् । उनले प्रतिस्पर्धी विन्दु कोइराला सुवेदीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा पवन कुमार प्रजापति निर्विरोध निर्वाचित भएका थिए । उनी नारायण कोइराला प्यानलबाट उम्मेदवारी घोषणा गरेका थिए ।

संघको उद्योग उपाध्यक्षमा गोकर्ण कार्की निर्वाचित भएका छन् । उनी विन्दु कोइराला सुवेदी प्यानलका हुन् । कार्कीले नारायण प्यानलकी चिनु गुरुङलाई पराजित गरेका हुन् ।

यसैगरी वाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल निर्वाचित भएका छन् । उनले विन्दु कोइरालाको प्यानलका सोवित पौडेललाई पराजित गरेका थिए ।

यस्तै महासचिवमा विन्दुको प्यानलका धनराम बराललाई पराजित गर्दै नारायणको प्यानलका सुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा बलराम आचार्य निर्वाचित भएका छन् । आचार्यले विन्दुको प्यानलका तारानाथ ढुंगानालाई पराजित गरेका हुन् ।

संघको उपमहासचिवमा केशवबहादुर खत्री निर्वाचित भएका छन् । खत्रीले विन्दुको प्यानलका धर्मराज बर्तौलालाई पराजित गरेका हुन् ।
यता, संघको सदस्य पदमा नारायण कोइराला प्यानलबाट उत्तममान बुद्धाचार्य, कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, देवेन्द्र केसी, पवित्रादेवी गुरुङ, भरत केसी, शोभा गौतम, सुदनबहादुर कोइराला, सुदिप प्रधानांग तथा हरिराज पन्त विजयी भएका छन् । विन्दुको प्यानलबाट भने पवित्रादेवी गुरुङ विजयी भएकी छिन् ।
यसैगरी संघको सदस्यमा बालकृष्ण कोइराला, राजेन्द्र गोंगजु, बलराम तिमिल्सिना र रुपनारायण भुजेल र हरिहर अधिकारी पनि निर्वाचित भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ