arrow

पहिलो पटक दुई गोरिल्लामा कोरोना संक्रमण पुष्टि

logo
प्रकाशित २०७७ पुष २८ मंगलबार
gurilla.png

काठमाडौं । अमेरिकाको सान डिएगो स्थिती चिडियाघरमा कम्तिमा दुई गोरिल्लामा कोरोना भाइरसको संक्रमण भएको छ । पहिलो पटक गोरिल्लामा बाँदर प्रजातिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

अहिले चिडियाघरका तीन बाँदरमा लक्षण देखिएको र लक्षण नदेखिएका चिडियाघरका कर्मचारीहरुबाट संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । गत बुधबार अचानक दुई गोरिल्लाले हाच्छ्यु गर्न थालेपछि गरिएको परीक्षणमा एक गोरिल्लामा संक्रमण पोजेटिभ देखिएको थियो ।

गोरिल्लाहरुमा कति धेरै स्वास्थ्य जटिलता हुनसक्छ भन्ने कुरा थाहा भएको छैन् । तर, संक्रमित गोरिल्लालाई निगरानीमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ