arrow

अमेरिकामा देशव्यापी सशस्त्र आन्दोलन हुने एफबीआईको चेतावनी

logo
प्रकाशित २०७७ पुष २८ मंगलबार
usa-protest-voilance.jpg

काठमाडौं । अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ लिनुअघि देशव्यापाी सशस्त्र प्रदर्शन हुनसक्ने भन्दै चेतावनी दिएको छ । एफबीआईका अनुसार १६ जनवरीदेखि बाइडेनले सपथ लिनेदिन (२० जनवरीसम्म) देशको ५० वटै राज्यको राजधानी र वासिङटन डिसीमा सशस्त्र समुहरु आन्दोलनमा उत्रिने तयारीमा छन् ।

एफबीआईले जारी गरेको एक बुलेटिनमा उल्लेख भए अनुसार ‘ट्रम्पलाई ह्वाइट हाउसबाट हटाइयो भने देशभर खतरनाक आन्दोलन गर्ने’ योजनामा एक समुह रहेको छ । प्रदर्शन एवं आन्दोलनको खतरा बढेसँगै अमेरिकी गृह सुरक्षा मन्त्रालयले सुरक्षा क्षमतामा कडाइ पारिएको छ । सुरक्षा अधिकारीहरुले पनि ६ जनवरीको घटना दोहरिन नदिने बताएका छन् ।

गृह सुरक्षा विभागका प्रमुख चाड वुल्फले बुधबार (२०जनवरी)का लागि सुरक्षा अपरेशनहरु सशक्त पारिएको बताएका छन् । यसपछि उनले संसदमा भएको आक्रमणको घटनाको निन्दा गर्दै राजीनामा दिएका छन् । बाइडेनको सपथ समहारोहका लागि १५ हजार राष्ट्रिय सेना खटाइने बताइएको छ ।

गृह सुरक्षा विभागले बुधबारदेखि सबै सुरक्षा निकायलाई संयुक्तरुपमा आन्दोलन एवं प्रदर्शनविरुद्ध अपरेशन गर्न खटाउने भएको छ । त्यस्तै अमेरिकी संसदमा शनिबारदेखि दश हजार सुरक्षा गार्ड खटाउने र थप ५ हजारलाई तयारी अवस्थामा राख्ने भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो सोमबारदेखि जनवरी २४ सम्म लागु हुनेगरी आपतकाल घोषणा गरेका छन् । यसले गृह सुरक्षा मन्त्रालयलाई कुनै पनि घटनालाई रोक्न सक्रिय पार्नेछ । यस्तोमा ट्रम्पलाई अफिसबाट हटाउने या महाअभियोग लगाउने तयारीमा डेमोक्र्याटहरु रहेका छन् ।

डेमोक्र्याट सांसदहरुले उपराष्ट्रपति माइक पोम्पेओलाई धारा २५ लगाएर ट्रम्पलाई हटाउन माग गरेका छन् । यसो नभएमा ट्रम्पमाथि महाअभियोग लगाउन बुधबार संसदमा मतदान गर्ने तयारी डेमोक्रयटहरुको छ ।

ट्रम्पले सामान्यरुपमा ह्वाइट हाउस छोड्ने घोषणा गरेका छन् । तर, डेमोक्र्याट र केही अधिकारीहरु भने ट्रम्प ह्वाइट हाउसबाट बाहिरिनु अघि, बाइडेनले सपथ लिने बेला र केहीदिनपछिसम्म देशर आन्दोलन हुनसक्ने खतरा ठानेको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ