arrow

प्रतिगामी कदमविरुद्ध डबली गुञ्जियो: ‘कानुनमाथि को रैछन् केपी ओली पो रैछन् !’(भिडियो)

logo
प्रकाशित २०७७ पुष २९ बुधबार
Protest-antigovt.jpg

काठमाडौं । मंगलबार अपरान्ह प्रज्ञा प्रतिष्ठानको डबलीमा बेग्लै रौनक छायो । धेरै समयदेखि सुनसान रहेको डबली एकाएक भरियो ।केपी शर्मा ओली सरकारको पछिल्लो कदमप्रति क्रुद्ध देखिएका नागरिक अगुवाहरु डबलीमा जम्मा भएका थिए ।

प्रतिनिधि सभा विघटनलाई प्रतिगामी कदम भन्दै सडक आन्दोलनमा हरेको ‘बृहत नागरिक आन्दोलन’मा नागरिक अगुवाहरुले चर्को भाषण गरे ।तर आन्दोलनमा एउटा पृथक रौनक पनि देखियो । रंगकर्मी, चित्रकार र जागरुक तन्नेरीहरुले प्रतिगामी कदमलाई सांकेतिक रुपमा आफ्नो प्रस्तुती देखाए ।

डबलीको चारकुनामा विच्छाइएको ‘कात्रो’मा कलाकारहरुले प्रतिगामी कदम झल्किने रंग पोते ।

मन्चमा वक्ताहरु बोलिरहँदा कलाकारहरुले धिमे, झ्याली र ढोलको आवाज गुन्जाए । माहोल बेग्लै बन्यो र रौनक छायो ।

त्यही आवाजमा मिसियो युवतीहरुको कोरस अर्थात चर्को नारा ।

‘वुमन इन प्रोटेष्ट’ लेखिएको रातो टिसर्ट लगाएका युवतीले कोरसमा नारा चर्काए

‘ओई सरकार !

सुन सुन ’

कान खोलेर, सुन

समृद्धिको बाजामा

प्रतिगामी धुन !’

देशभर बलात्कारविरुद्ध ‘फ्ल्यास मोब’ अभियान चलाइसकेको ‘महिलाका लागि राजनीतिक साक्षरता’ समूहका युवतीको आवाज कोरसमा झनै गुन्जियो । ओली र राष्ट्रपतिलाई प्रश्न तेर्साए ।

‘कानुनमाथि को रैछन्

केपी ओली पो रैछन !’

डगमगायो स्थायीत्व

खै त राष्ट्रपतिको दायित्व ?’

युवतीहरुको कोरससँग शिल्पी थिएटरका घिमिरे युवराज कालो पहिरनमा उत्रिए । डबलीमा बिच्छ्याइएको कात्रोसँगै झर्को आवाजमा उनले प्रतिगमनको विरोध स्वरुप आफ्नो प्रस्तुती दिए । युवराजको एउटै सांकेतिक सन्देश थियो– सुन शासक, अब हामी लेख्छौं यो देशको संविधान । हामी बनाउँछौ नीति र विधि । हामीलाई चाहिएको छ विधिको शासन ।

भिडियो:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ