- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
येरेवन । अर्मेनियाका राष्ट्रपति अर्मेन सर्किसीयनलाई अकस्मात अस्पताल भर्ना गरिएको छ । कोरोनाभाइरसबाट संक्रमित भएका सर्किसीयनलाई निमोनियाको समस्या बढेपछि अस्पताल भर्ना गरिएको हो ।
राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा उनको अवस्था पहिलाभन्दा जटिल भएको पुष्टि गर्दै निमोनिया भएको उल्लेख गरिएको छ । राष्ट्रपति सर्किसीयनलाई कोरोनाभाइरसको संक्रमण भएको थियो, उनलाई अहिलेसम्म निवासमै उपचार गराइएको थियो । तर अहिले समस्या बढेकाले अस्पताल लगिएको हो, वक्तव्यमा लेखिएको छ ।
उच्च ज्वेरो र दोब्बर निमोनिया भएकाले राष्ट्रपति सर्किसीयनको अवस्था जटिल भएको वक्तव्यमा लेखिएको छ । राष्ट्रपति कार्यालयले उन यही जनवरी ५ तारिखका दिन कोरोनाभाइरसबाट सङ्मित भएको पुष्टि भएको जनाएको छ ।
उनी बेलायतको राजधानी लण्डन गएका बेला संक्रमित भएको राष्ट्रपति कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रपति सर्किसीयन नयाँ वर्ष र बिदा मनाउन परिवारसहित लण्डन जानु भएको थियो ।