arrow

भारतमा फेरि बढे संक्रमित र मृतक

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
corona-india-test3.jpg

काठमाडौं । भारतमा फेरि कोरोना भाइरसका संक्रमित र मृतक बढेका छन् । गत सोमबार २०९ दिनपछि पहिलो पटक १२ हजार ४८१ जना संक्रमित मात्र फेला परेकामा त्यसपछि फेरि बढेका छन् । बुधबार १७ हजार १५ जना संक्रमित थपिएका छन् ।  कोरोनामुक्त हुने पनि थोरै मात्रले बढी रहेका छन् । १७ हअजार ७९७ जनामात्र मुक्त भएका छन् । 

त्यस्तै गत आइतबार २३२ दिनपछि पहिलो पटक सबैभन्दा कम १५० जनाको ज्यान गएकामा फेरि मृतक पनि बढेका छन् । बुधबार २०१ जनाको ज्यान गएको छ । 

हालसम्म १ करोड ५ लाख १२ हजार ८३१ जना संक्रमित भएका छन् भने १ करोड १ लाख ४६ हजार २५४ जना कोरोनामुक्त भएका छन् । 

सक्रिय संक्रमितको संख्या २ लाख १० हजार ४५९ मा झरेको छ । मृतकको संख्या १ लाख ५१ हजार ७६५ पुगेको छ । 

पछिल्ला दिनमा केरलमा सबैभन्दा बढी संक्रमित हुँदै गएका छन् । बुधबार केरलमा ६ हजार ४ संक्रमित थपिएका छन् । केरलमा सबैभन्दा बढी ६५ हजार ३७४ जना  सक्रिय संक्रमित छन् । 

भारतमा शनिबारदेखि कोरोनाविरुद्धको खोप लगाइँदै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ