arrow

कोरोना भाइरसः एकैदिन १६ हजार भन्दा बढीको गयो ज्यान

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
corona-killed1.jpg

काठमाडौं । कोरोना भाइरसको महामारी रोकिने लक्षण अझै ल्याएको छैन । बुधबार ज्यान गुमाउनेको संख्या उच्च रह्यो । बुधबार १६ हजार २८८ जनाको कोरोनाबाट ज्यान गएको छ । 

अहिलेसम्म कोरोनाबाट १९ लाख ८६ हजार ६९६ जनाको ज्यान गइसकेकोमा बुधबार एकैदिनको उच्च रह्यो । उक्त दिन सबैभन्दा बढी अमेरिकाका ४ हजार ९८ जना हुन् । त्यसैगरी बेलायतमा १ हजार ५६४, मेक्सिकोमा १ हजार ३१४, ब्रजिलमा १ हजार २८३, जर्मनीमा १ हजार २०१ जनाको ज्यान गएको छ । 

दक्षिण अफ्रिकामा ८०६, रुसमा ५६६, इटालीमा ५०७, पोल्याण्डमा ४८१, कोलम्बियामा ३४२, इन्डोनेसियामा ३०६, फ्रान्समा २२९, भारतमा २०१, स्पेनमा १९५ जनाको ज्यान गएको छ । 

अमेरिका, बेलायत लगायतका देशले कोरोनाविरुद्धको खोप लगाए पनि पछिल्लो समय संक्रमित थपिने र ज्यान गुमाउनेको संख्या उल्लेख्य हुँदै गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ