arrow

प्रचण्ड-माधव समूहद्वारा देउवालाई सहकार्यको प्रस्ताव, प्रधानमन्त्री बन्न अफर

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौं । नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले कांग्रेस सभापति शेर बहादुर देउवासँग सहकार्यको प्रस्ताव गरेका छन् । बुधबार साँझ प्रचण्ड-माधव र सभापति देउवाबीच भेटवार्ता भएको कांग्रेस नेता रमेश लेखकले पुष्टि गरे । भेटका अवसरमा प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न उनीहरुले प्रस्ताव राखेका हुन् ।

प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र पुनःस्थापित भएको अवस्थामा देउवालाई प्रधानमन्त्री बन्न सक्नेसम्मको ‘अफर’ प्रचण्ड-माधवले गरेको बताइएको छ । नेता लेखकले भने, ‘सत्ता साझेदारी भन्दा पनि उहाँहरु राजनीतिक रुपमा संसद पुर्नस्थापना र संयुक्त आन्दोलन गरौं भन्ने पक्षमा हुनुहुन्थ्यो ।’

बुधबार साँझ ६ देखि ८ बजेसम्म प्रचण्ड-माधव र देउवाबीच संवाद भएको हो । देउवाले प्रचण्ड-माधव प्रस्ताव पार्टीको बैठकमा राख्ने र त्यहाँबाट आएको निचोडपछि फेरि छलफल गर्ने बताएको कांग्रेस स्रोतले जनाएको छ ।

प्रचण्ड–माधव समूहले ओलीको असंवैधानिक कदमको साझेदार बन्नुभन्दा बरु जस्तोसुकै परिस्थितिमा पनि आफूहरूसँग सहकार्य गर्न देउवालाई आग्रह गरेको बताइएको छ ।

देउवाले भने सर्वोच्चको फैसला आएपछि सोही अनुसार अघि बढ्ने साथै पार्टीको केन्द्रीय समितिको यसअघिको निर्णय अनुसार अघि बढ्ने प्रतिक्रिया दिएको बुझिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ